• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    देउराली टिम च्याम्पियन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार १८:५०

    काठमाडौ ।नेपालको देउराली डोजो सातौं जुनियर कराते प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । देउराली ४ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो ।
    नेपाल सितोरियो कराते डो संघ, ठमेल शाखा डोजोद्वारा आयोजित प्रतियोगितामा पाहुना टोली भारत दोश्रो भयो । भारतले २ रजत र १५ कांस्य जित्यो ।

    लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतियोगिताको पुरुषमा नेपालका युनिक राना मगर तथा महिलामा नेपालकै याउजुमा लामा उत्कृष्ट खेलाडी घोषित भए । भारतकी प्रतिभा सुरेश जाधव अनुशासित खेलाडी चुनिइन् ।
    विजेतालाई पूर्व युवा तथा खेलकुद मन्त्री दावा तामाङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, आयोजक डोजोका प्रमुख सन्तोष श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । २० स्पर्धा समावेश दुईदिने प्रतियोगितामा नेपालका ३ सय २५ र भारतका ५५ खेलाडी सहभागी थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु