• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    लक्की सांगितिक सांँझ” पुष १५ गते भरतपुरमा हुंँदै

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार २१:४९

    चितवन । मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनले यही आउंँदो पुष १५ गते भरतपुरमा लक्की सांगितक सांँझ गर्ने भएको छ । कोरोनाले धराशायी भएको कलाकारिता क्षेत्रलाई उकास्ने र प्रर्वद्धन गर्ने हेतुले मिडिया हाउसले ‘लक्की सांगितिक सांँझ २०७८’ गर्न लागेको हो ।

    मौलिक पर्वको रुपमा मानिदै आएको पुषे १५ को अवसर पारे सांगितिक सांँझ आयोजना गर्न लागिएको लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की “लक्की”ले जानकारी दिए । उनका अनुसार राष्ट्रिय चर्चित कलाकार तथा गायक, गायिकाको साथमा सांगितिक सांँझ गर्न लागिएको छ । सांँगितिक सांँझको लागि तयारी प्रक्रिया शुरु भईसकेको उनले बताए । नेपाली कला संस्कृतिलाई संरक्षण र जगेर्ना गर्ने उद्धेश्यसहित भरतपुरमा सांगितिक सांँझ गर्न लागिएको हो ।

    सांगितिक सांँझका साथै सांगितिक अवार्ड कार्यक्रम समेत राखिएकोले यस क्षेत्रलाई थप हौसला र उत्साह थपिने मिडियाका हाउसका निर्देशक हेमन्त केसी “हरि”ले बताए । ‘यो साँंझलाई हामीले सांँगितिक क्षेत्रको उत्सवको रुपमा लिएका छौं, निर्देशक केसीले भने, यस्ता कार्यक्रमले कलाकारिता क्षेत्रमा केही टेवा मिल्नेछ भन्ने हाम्रो विश्वास छ ।’काठमाडौंको एक सांगितिक संस्था संँग सहकार्य गर्दै अब छिट्टै नै सांँगितिक अवार्ड गर्ने तयारीमा रहेको केसीको भनाई छ ।

    स्थानीयदेखि राष्ट्रिय स्तरका सबै मिडिया सेवा प्रदान गर्दै आएको लक्की मिडिया हाउसले बिभिन्न कार्यक्रमहरुको पत्रकार सम्मेलनसँगै व्यवस्थापन पनि गर्दै आएको छ । नेपाली सिनेमा बजारको प्रचार र सिनेमा क्षेत्रको प्रवद्धनको लागि निरन्तर लक्की मिडिया हाउस चितवनले विभिन्न नेपाली चलचित्रहरुको कलाकाहरुको साथमा रेड कार्पेट प्रिमियर शो, प्रिमियर शो, विशेष शो , च्यारीटी शोे, एकल साँझ, बिभिन्न सांगीतक कार्यक्रम र अवार्ड लगायत अन्य कार्यक्रमहरु गर्दै आएको छ । मिडिया हाउसद्धारा हाल चितवन खबर अर्ध साप्ताहिक र ईचितवन खबर डट कम सञ्चालनमा छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु