• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको छ- अध्यक्ष नेपाल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार ०७:१६

    वैदेशिक रोजगार क्षेत्रलाई बेथिती मुक्त बनाइन्छ – मन्त्री श्रेष्ठ
    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले वर्तमान गठबन्धन सरकारले जनताप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित भेलामा अध्यक्ष नेपालले गठबन्धन सरकारले जनताको हित हुने गरी काम गरिरहेको बताउनुभयो । नेपालले पाँच दलको एकता बलियो रहेको भन्दै गठबन्धनलाई कसैले भत्काउन नसक्ने बताउनुभयो । उहाँले राष्ट्रियसभा तथा उपचुनावमा गठबन्धन दलहरूले साझा उम्मेदवार उठाएर सवै क्षेत्रमा विजय हासिल गर्ने बताउनुभयो । उहाँले आगामी चुनावमा नेकपा (एकीकृत समाजवादी)को विययी अभियान सुरु हुने समेत बताउनुभयो ।
    कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले देशभित्रै रोजगारीको अवसर सिर्जना गर्नेतर्फ सरकार गम्भीर रहेको बताउनुभयो । मन्त्री श्रेष्ठले वैदेशिक रोजगार क्षेत्रलाई पनि बेथिती मुक्त बनाउने प्रतिवद्धता जनाउनुभयो । वैदेशिक रोजगारीको क्षेत्रमा रहेका बेथिती हटाउँदै व्यवस्थित, पारदर्शी र मर्यादित बनाउन कानूनलाई कडाइका साथ कार्यान्वयन गरिने उहाँको भनाइ छ । मन्त्री श्रेष्ठले सरकारले नयाँ श्रम गन्तव्य खोजी गरिरहेको समेत बताउनुभयो । कार्यक्रममा पार्टी उपाध्यक्ष केशवलाल श्रेष्ठ, नेताहरु प्रतापलाल श्रेष्ठ, विजय गुरुङ, दिलु पन्त, श्रीराम कार्की लगायतले नेकपा (एकीकृत समाजवादी)को पक्षमा जनलहर आएको बताउनुभएको थियो । भेलाबाट श्रीराम पौडेलको अध्यक्षतामा ३७ सदस्यीय नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) तनहुँ- काठमाडौं सम्पर्क मञ्च गठन गरिएको छ । कार्यक्रममा एमाले-कांग्रेस लगायत पार्टी परित्याग गरि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका ५३ जनालाई पार्टी अध्यक्ष नेपालले स्वागत गर्नुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु