• बिग बिंगो अब नेपालमा नि:शुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १३:२९

    काठमाडौँ । विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल Big Bingo (बिग बिंगो) अब नेपालमा नि:शुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ ।

    जहाँ पहिलो लाइनको पुरस्कार स्वरुप रू ११ हजार दोश्रो
    लाइनको पुरस्कार स्वरुप रू ११ हजार ,तेश्रो लाइनको पुरस्कार स्वरुप रु ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू ५१ हजार रुपैयाँ हरेकहप्ता जित्न सक्नु हुनेछ ।

    विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरीबनाएको यो गेम नेपालीहरुले बनाएका हुन ।

    यो गेम खेल्नको लागी प्ले स्टोरबाट Big Bingo टाइप गरी गेम डाउनलोड गरी फ्रीमा बिंगो टिकट लिन सकिन्छ भने आइफ़ोन प्रयोगकर्ताहरूले भने www.playbigbingo.com लगिन गरी बिंगो टिकट लिन सकिन्छ ।

    यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखी योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सक्नुहुनेछ ।टिकट लिनको लागि भिडियो हेर्नू पर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु