• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    ग्लोबल क्याफे एण्ड ब्याङ्क्वेट हल धुम्वाराहीमा ” फूड फेस्टिभल” हुने

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १४:४९

    मंसिर ,५ काठमाडौं । समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण,प्रचारप्रसार र प्रवद्र्धन मुख्य उदेश्य र भोजन पर्यटनको विकास गर्न ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना गरिने भएको छ ।

    ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र ग्लोबल क्याफेको संयुक्त आयोजनामा ग्लोबल क्याफे एण्ड ब्याङ्क्वेट हल,धुम्वाराहीमा मंसिर ९ गतेदेखि ११ गतेसम्म फुड फेस्टिवल हुन लागेको आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

    कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ग्यास्ट्रोनोमि फेस्टिवल आयोजना गरिएको ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल सचिव रमेश भण्डारी जानकारी दिनु भयो ।

    फुड फेस्टिवलमा खाना र संस्कृति बीचको सम्बन्ध बढी सुमधुर बनाउन विभिन्न परम्परागत खानाका परिकारहरु जस्तै –
    सुप :
    क्वाँटी,सिस्नोको झोल,फाँडो,काजी सुप ज्वानोको झोल,पंचका (आलुतामा बोडीको झोल)
    खाजा :
    चुक,सखरखण्ड,ताजा सागपातको सलाद,चुकौनी,टिमुरे आलु, फूलौरा
    खाना सेकुवा,तरुवा,पकुवा,छोयला,बदेलपोलेको,साँधेको,उसिनेको,मम,चटामरी,ढुंग्रेरोटी,बारा,जोगिभात,दालभात,हिमाली ढिँडो
    डेजर्ट :योमरी,सिकर्नी,दहीफल, खिर,ठेकुवा लगाएको रैथाने परिकार जौ,कोदो,मकै,फापर सँगै विभिन्न समुदायमा प्रचलित खानाका परिकार रहने पनि भण्डारीले बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु