• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने डा. भीम रावलको घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १६:२२

    काठमाडौं, ५ मंसिर । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमार्फत रावलले आफूले अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन ।

    उनले आफूले अध्यक्षमा उम्मेद्धवारी घोषणा भने पार्टी मुख्यालय थापाथलीबाट नै गर्न चाहेको र सोहीअनुसार पार्टी महासचिवलाई खबर गरेको भएपनि अहिले महाधिवेशनको तयारी चलिरहेकोले ठाउँ अभावका कारण आफू क्लबमा आउनु परेको पनि सुनाए ।

    आफूले राजनीतिक जीवनको आरम्भदेखिनै नै उठाउँदै आएको पार्टीको विधि, पद्धति, उद्देश्य, लक्ष्य, देशभक्ति र सिद्धान्तको झण्डालाई निष्ठा र दृढताका साथ फहराइ रहन अघि बढ्ने संकल्प गरेको पनि रावलको भनाई छ ।

    उनले भने,‘यही दृढ संकल्पका साथ पार्टीको विधान महाधिवेशनबाट पारित दस्तावेजमा उल्लेखित र अनुल्लेखति वा स्पष्ट गर्नुपर्ने निम्नलिखित उद्देश्य, लक्ष्य र मान्यताको आधारमा २०७८ साल मंसिर १० देखि १२ गतेसम्म चितवन जिल्लामा हुने नेकपा (एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दछु ।’

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु