• पछिल्लो २४ घण्टामा गरिएको ९,१२३ नमुना परीक्षणमा २३८ जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ५ मंसिर २०७८, आईतवार १७:३५

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ९,१२३ नमुना परीक्षणमा २३८ जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ३७० जना निको भएका छन् ।

    आज थपिएका २३८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १४ हजार ४०४ पुगेको छ । सोहि अवधिमा ८ लाख २५९ जना निको भएका छन् ।

    त्यसैगरी आज १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ४९६ पुगेको छ ।

    त्यस्तै हाल देशैभरी ७,१६४ सक्रिय संक्रमित जना रहेका छन् । ती मध्ये ६,६९६ जना होम आइसोलेशनमा, ४६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा २२७ र भेन्टिलेटरमा ५१ जनाको उपचार भइरहेको मन्त्रालयद्धारा जारी विवरणमा उल्लेखछ ।

    नेपालमा पछिल्लो २४ घण्टामा ४० हजार १४ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७० लाख २६ हजार ३८३ पुगेको छ । कूल संख्याममा ९१ लख २० हजार १४ जनाले पहिलो मात्रा र ७९ लाख ६ हजार ३६९ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु