• बालबालिकालाई शैक्षिक सामग्री वितरण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार ०७:४८

    ललितपुर। गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा लेले सामुदायिक विकास केन्द्र,ललितपुर द्वारा संचालित सामुदायिक विकास परियोजनाको कर्यक्षेत्र भित्र रहेको जयलकुमारी आधारभुत बिद्यालय,गोदावरी-५, लेले, ललितपुरमा अध्ययनरत बालबालिकालाई अन्तरास्ट्रिय बालदिवश November 20 को उपलक्ष्यमा शैक्षिक सामग्री वितरण गरिएको छ। शैक्षिक सामाग्री बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं गोदावरी न.पा. वडा नं.५ को वडा सदस्य इश्वर मान डंगोलले बालबालिकालाई वितरण गर्नुभएको थियो ।

    शैक्षिक सामग्रीमा बिद्यालय पोसाक,विभिन्न स्टेसनरी सामग्री र ट्राकसुट रहेको छ । उक्त शैक्षिक सामाग्री बिद्यालयको पहलमा गोदावरी नगरपालिका,गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्र,ललितपुरबाट प्राप्त भएको बिद्यालयको प्रधानाध्यापक दिपक श्रेष्ठ बताउनु भयो । उक्त बिद्यालयका अधिकांस बालबालिका इटा उद्योगमा काम गर्ने तथा दैनिक ज्यालामा काम गर्ने कृषि मजदुरका छोराछोरी रहेको बिद्यालयको प्रधानाध्यापक दिपक श्रेष्ठ जानकारी दिनुभयो ।

    अत्यन्त न्यून आयश्रोत भएका अभिभावकको छोरा/छोरीहरुले अध्ययन गर्ने बिद्यालयमा यसरी शैक्षिक सामाग्री सहयोग गरेकोमा गोदावरी नगरपालिका,गुड नेवर्स इन्टरनेशनल नेपाल र लेले सामुदायिक विकास केन्द्र, ललितपुर प्रति बिद्यालय परिवारले आभार व्यक्त गर्दै आउदा दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने आशा राखेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु