• एनप्लस प्रोफेसनल’ का सौन्दर्य सामाग्रीहरु नेपाली बजारमा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १४:३२

    काठमाडौं। सौन्दर्य साधनको प्रख्यात ब्राण्ड एनप्लस प्रोफेसनल नेपालमा पनि बिक्री वितरण सुरु गरेको छ । यस सौन्दर्य सामाग्रीलाई भारतीय कम्पनी नन्दिनी हर्वल केयरप्राईभेट लिमिटेडले उत्पादन गरेको हो । एनप्लस प्रोफेसनलका सामाग्री भारतका बिभिन्न शहरमा मात्र नभई यूएई, बंलादेश, भुटान, श्रीलंका, माल्दीभ्स लगायतका देशहरुमा पनि उपलब्ध छ । स्वदेशमा मात्र नभई बिदेशमा समेत एनप्लसका सौन्दर्य सामाग्रीहरु धरैले रुचाईएकोले नेपालमा पनि यसको बिक्री वितरण सुुरु गरिएकोे कम्पनीका प्रबन्ध निर्देशक हितेस लिम्बानीले बताउनुभयो । नेपालका लागि क्षेत्रिय बिक्री प्रवन्धक पदम शर्माले देशका प्रमुख जिल्लाहरुमा एनप्लसका सौन्दर्य सामाग्री सहजै पाउने गरी बजार ब्यबस्थापनमा जोड दिएको बताउनुभयो । नन्दिनी हर्वल केयर प्राईभेट लिमिटेडको ब्राण्ड एम्बासडर बिना श्रेष्ठले यस सामाग्रीको प्रचार प्रसारका लागि आफनो तर्फबाट सक्ने प्रयास गर्ने बताउनुभयो । नन्दिनी हर्वल प्राईभेट लिमिटेडले हाल अनुहार, छाला तथा कपालका बिभिन्न सामाग्री उत्पादन गर्दै आएको छ । एनप्लस ह्वाईटिङक्रिम, नाईट क्रिम, पिल फर स्कीनलाई टिङ एण्ड ह्वाईटिङ, हाईपिगमिन्टेशन, न्युटिराईजर, फेसियलक्रिम, डिपिगमिन्टेशन, अनियन स्याम्पो, अनियनवईल, सन स्कृम लोशन, फेस सिरम,टोनर लगायतकाबिभिन्न सौन्दर्यका सामाग्री उपलब्ध छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु