दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

संचारकर्मी ओझा युएनपिकेएफसी हुमेनिटेरियन लिडरशिप अवार्डबाट विभुषित

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर ६ गते, सोमबार १६:३९

काठमाडौं- संचारकर्मी सरोज ओझा अन्तरराष्ट्रिय संस्था युनाईटेड नेशन पिस किपर फेडरल काउन्सिल (युएनपिकेएफसी) बाट सम्मानित भएका छन् ।
युएनपिकेएफसीद्वारा आईतबार काठमाडौं स्थित होटेल मेरियटमा आयोजित एक कार्यक्रम समारोह माझ उनीहरु सम्मानित भएका हुन ।

संचारकर्मी ओझालाई युएनपिकेएफसीकी अन्तरराष्ट्रिय अध्यक्ष डाटुक डा. अपिनिता चेचेनले सम्मानपत्र र मेडल सहित सम्मान गरेकी थिईन् । सो अवसरमा ओझा सहित वरिष्ठ पर्यटन व्यवसायी तेजेन्द्र शर्मा पौडेल लगायत नेपाल, थाईल्याण्ड, म्यानमार, कोरिया, रसिया, भारत लगायतका देशका धार्मिक गुरुहरु, कुटनितिक नियोगका अधिकारी, मानव अधिकारकर्मी आदी व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

युएनपिकेएफसीको विभिन्न कार्यक्रम एवम् गतिविधीमा सिर्जनशिल भूमिका सहित पेशागत रुपमा योगदान पुर्याए बापत उनीहरु सम्मानित भएका हुन ।

ओझा एनटिभी न्युज सचेतना कार्यक्रमका प्रस्तोता एवम् निर्देशक र राज्य दैनिक डटकमका अध्यक्ष हुन भने वरिष्ठ पर्यटन व्यवसायी शर्मा भिटोनका सभापतिका साथै युएनपिकेएफसिका सल्लाहार हुन ।

युएनपिकेएफसि शान्ति र मानव अधिकारको क्षेत्रमा कार्य गर्दै आईरहेको संस्था हो । यसको मुख्यालय थाईल्याडमा रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु