• नेपाल फिजियोथेरापी संघले गर्यो पहिलो भर्चुअल अन्तराष्ट्रिय सम्मेलन

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार १७:२७

    नमराज भट्ट
    काठमाडौं, ०६ मंसिर २०७८

    नेपाल फिजियोथेरापी संघ (नेप्टा)को दशौँ अन्तर्राष्ट्रिय सम्मेलन भर्चुअल रुपमा सम्पन्न भएको छ । करिब ४५० जना सहभागी भएको उक्त कार्यक्रममा देश तथा विदेशका वरिष्ठ चिकित्सक र फिजियोथेरापीस्टहरुले विभिन्न उपचार विधिबारे आफ्नो प्रस्तुतिकरण प्रस्तुत गरेका थिए ।

    दुई दिने उक्त कार्यक्रममा विभिन्न विधामा पुरस्कार समेत वितरण गरिएको थियो । यसपटकको ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट श्रीमती गायत्री थापालाई प्रदान गरिएकको थियो । यस्तै उत्कृष्ट पेपर प्रेजेन्टेसनतर्फ सृष्टि शाक्यलाई प्रदान गरिएको थियो । त्यसैगरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयबाट फिजाेथेरापि विषयमा स्नातक तथा स्नातकोत्तर तहका विश्वविद्यालयमा उच्च अंक प्राप्त गर्ने हरुलाई ‘युनिभर्सिटी टपर अवार्ड’ले सम्मान गरिएको थियो ।


    संघका महासचिव तथा प्रवक्ता समिद कतिला श्रेष्ठले फिजियोलाई प्रोत्साहन गर्ने उदेश्यले युनिभर्सिटी टपर लाई अवार्ड गरिएको वताउदै यस पाली सात जनाले यो अवार्ड पाएको जनाउनु भयो । यसमा देश र विदेशवाट अध्ययन सम्पन्न गरेका दिपा न्यौपाने, दिपा प्रजापती, प्रकाश श्रेष्ठ, नमुना सर्मा, सुरज ताम्रराकार, अन्तिमा श्रेष्ठ र अस्मीता अधिकारी रहेका छन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु