• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    राप्रपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने राउतको घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार २०:३८

    काठमाडौ ।राष्ट्रिय प्रजातन्त्र पार्टीको मंसिर १५–१७ गते हुने केन्द्रीय एकता महाधिवेशनमा नजिकिँदै जाँदा भावी नेतृत्वका लागि तीव्र दौडमा सुरु भएको छ ।

    एकता महाधिवेशनमा राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ नेपालका महासचिव लोकप्रिय नेता कृष्ण बहादुर राउतले केन्द्रीय सदस्य उम्मेदवार बन्ने चाहना सार्वजनिक गर्नु भएको छ।

    राउत सिन्धुपाल्चोक स्थित मेलम्ची नगरपालिका ०४ नम्बर वडामा जन्मिनु भई हाल टोखा नगरपालिका वडा नम्बर ०८,बाँनियाटारमा बस्दै आउनु भएको छ ।

    खेलकुद र विकास निर्माण कार्यमा अतुलनीय योगदान प्रस्तुत गर्दै प्रत्यक्ष तथा अप्रत्यक्ष विभिन्न सामाजिक कार्यहरु मार्फत स्थानीयको मन जित्ने कार्य गर्दैआएका राउत पछिल्लो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा मनोनित साथै बिभिन्न कार्यसमितिमा बसेर काम गरिसक्नु भएको छ।

    बिगत २८ वर्ष देखि सक्रिय सदस्य लिए बाट निरन्तर रुपमा राप्रपाको मुल मर्म र सिद्धान्तलाई आत्मसाथ गरि पार्टी,संगठनलाई जोगाउन सक्रिय रहेका छन।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु