• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    प्रेस युनियनका महासचिव शिवाकोटीद्वारा कांग्रेस केन्द्रीय सदस्य उठ्ने घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलवार २१:०२

    काठमाडौँ, ७ मंसीर । नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

    उहाँले आज यहाँ पत्रकार सम्मेलन गरी आफू पूर्णरूपमा राजनीतिको मूलधारमा सक्रिय हुन पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको जानकारी गराउनुभयो । कांग्रेसको पूर्णकालीन राजनीतिमा प्रवेश गरेसँगै आगामी दिनमा आफू कार्यरत मिडियाको सम्पादकीय नेतृत्वबाट अलग भएको र युनियनको राजनीतिमा समेत नफर्कने उहाँको भनाइ थियो ।

    महासचिव शिवाकोटीले आफूले पेसागत संस्थामार्फत लोकतन्त्रलाई बल पुग्ने गरी विभिन्न योगदान गरेको दाबी गर्दै यो पटक प्रत्यक्ष राजनीतिको मूलधारमा किन प्रवेश नगर्ने भनेर नै आफू यसअघि महाविधेशन प्रतिनिधिको निर्वाचनमा होमिएको अवगत गराउनुभयो । कांग्रेसको हालै सम्पन्न प्रतिनिधिसभा क्षेत्रीय निर्वाचनमा उहाँ दोलखाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनुभएको थियो ।

    कांग्र्रेस विधानअनुसार केन्द्रीय समितिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ । कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु