• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    प्रशंसा र सुनिरालाई स्वर्ण

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार १६:१६

    काठमाडौं, मंसिर ८ गते ।
    नेपालका प्रशंसा मोक्तान र सुनिरा थापाको जोडीले काठमाडौं÷एसियन यु–१४ ¥याङकिङ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट– २ को गल्र्स डबल्समा बुधबार स्वर्ण जितेका छन् ।
    सादोबाटोस्थित टेनिस कोर्टमा भएको फाइनलमा प्रशंसा र सुनिराको जोडीले नेपालका समृद्धि महर्जन र आध्या पौडेलको जोडीलाई ६–४ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रशंसा र सुनिराको जोडी सर्किट– १ को पनि विजेता हुन् ।
    उक्त स्पर्धाको ब्वाइजमा नेपालका सक्षमविक्रम शाह र दर्शिल श्रेष्ठको जोडी च्याम्पियन बने । सक्षम र दर्शिलको जोडीले नेपालका श्रीयोग अधिकारी र भारतका सिद्धार्थ जिबुको जोडीलाई ६–२ र ६–२ को सीधा सेटमा हराए । सक्षमले पनि सर्किट– १ को डबल्समा स्वर्ण जितेका थिए । त्यसबेला सक्षमले नेपालका आयुशमान हजुर घलेसंग मिलेर खेलेका थिए ।
    ब्वाइज सिंगल्समा नेपालका सक्षमविक्रम शाहले पाकिस्तानका अमिर मुहम्मद खान मजारीलाई ६–३ र ६–१ तथा नेपालका दर्शिल श्रेष्ठले भारतका सिद्धार्थ जिबुलाई ६–१ र ६–१ को सोझो सेटमा पाखा लगाउदै फाइनलमा पुगे । त्यसै स्पर्धाको गल्र्समा नेपालकी सुनिरा थापाले नेपालकी आध्या पौडेललाई ६–३ र ७–५ तथा नेपालकी प्रशंसा मोक्तानले अमेरिकाकी नाला जोस्फिन मास्केलाई ६–१ र ६–० को सीधा सेटमा पन्छ्याउदै फाइनल भिडन्त पक्का गरे । सिंगल्स फाइनल बिहीबार हुने छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु