• व्यवसायी भट्टचन काँग्रेस महाधिवेशन प्रतिनिधिमा निर्बिरोध निर्वाचित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १०:१६

    काठमाडौं–प्रभु ग्रुपका अध्यक्ष एबं नेपालका सफल ब्यावसायी देविप्रकाश भट्टचन नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन । भट्टचन बागलुङ क्षेत्र नम्बर २ बाट निर्विरोध निर्वाचित भएका हुन । भट्टचन निर्विरोध महाधिवेशन प्रतिनिधि चयन भएको नेपाली काँग्रेस निर्वाचन समितिले बतायो । उनलाई काँग्रेसले २०७४ मा समानुपातिक सूचीबाट प्रतिनिधिसभा सदस्य पनि बनाएको थियो । पुराना राजनीतिज्ञ भट्टचन २०४८ सालको निर्वाचनमा बागलुङबाट स्वतन्त्र उम्मेदवार समेत रहेका थिए । नेपालका उधोगी ब्यावसायीहरुका प्रेरणाका स्रोत भट्टचन सफल ब्यावसायीको साथमा सामाजिक अभियन्तासमेत हुन ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु