दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेकपा एमालेको उप–महासचिवमा परशुरामको उम्मेदवारी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १० गते, शुक्रबार ७:५२

काठमाडौं । नेकपा एमालेको आजबाट चितवनमा सुरु भएको १० औं महाधिवेशनमा पार्टीका इमानदार र निष्ठावान नेता भनेर चिनिएका संखुवासभाका पुराना नेता परशुराम मेघी गुरुङले उम्मेदवारी दिने भएका छन् । सहमतिमा केन्द्रीय समिति निर्वाचित होस् भन्ने पक्षमा रहेका उनी निर्वाचनमा जानु त्यति उचित नभएको बताउँछन् ।
‘सकेसम्म सहमतिमा जाँदा पार्टीलाई फाइदा हुन्छ, सहमति नभए लोकतान्त्रिक प्रक्रियाको विकल्प छैन’ उनले भने ‘म पनि अब उप–महासचिव हुन योग्य भइसकेको छु र मेरो दाबी कसैलाई पनि अस्वभाविक लाग्दैन ।’ उनले पार्टीलाई जीवन्त र सशक्त बनाउन आफ्नो भूमिका रहने बताएका छन् । २०४८ र २०५६ सालमा संखुवासभाबाट प्रतिनिधिसभाको निर्वाचन जितेका उनी जनतामाझ पनि निकै लोकप्रिय छन् । उनलाई जान्नेबुझनेहरुले उनको इमानदारिताको र निष्ठाको राजनीतिको प्रशंसा नै गर्छन् । सरल स्वभावका उनी विभिन्न देश घुमेर त्यहाँको राजनीतिक र संसदीय अभ्यासबारे जानकार पनि छन् । उनी २०५६ सालमा संसदीय दलको सचेतक रहेका थिए । पार्टीको केन्द्रीय कार्यालयको सचिवको जिम्मेवारी पनि वहन गरिसकेका उनलाई पार्टीले जहिले जे जिम्मेवारी दियो त्यसलाई उदाहरणीय बनाउने गरी काम गरेका छन् ।
अहिले १ नम्बर प्रदेशबाट राष्ट्रियसभाको सांसद बनेका उनी विधायन व्यवस्थापन समितिको सभापति हुन् । उनको सभापतिको भूमिकाको पनि प्रशंसा गरिएको छ, अरु सभापतिले चलाएको समितिभन्दा उनी कुनै पनि कुरामा कम छैनन् । २०७१ सालमा भएको ९ औं महाधिवेशनमा सचिवमा थोरै मतले पराजित उनी लोकप्रिय मतसहित केन्द्रीय सदस्यमा विजयी भएपछि पोलिटव्यूरो सदस्य बनेका हुन् । धरानको हात्तिसार क्याम्पसमा आइटेक पढेपछि पूर्ण छात्रवृत्तिमा रसिया पढ्ने अवसर पाए पनि उनी गाउँ र जनताको सेवा गर्छु भनेर जिल्ला फर्किएका थिए । मेघी मेधावी विद्यार्थीका रुपमा चिनिन्थे । उनी पार्टीको संघीय मामिला विभाग प्रमुख हुन् । गुरुङ संसदीय मामिलाका जानकारका रुपमा पार्टीमा अग्रपंक्तिमा गनिन्छन् ।
पार्टीमा लागेर निरन्तर पार्टीको र जनताको सेवा गर्दै आएका उनले आफ्नो योजना अघि सारेका छन् । उनले आफ्नो त्याग, समर्पण र योगदानको अवश्य पनि मूल्यांकन होला भन्ने विश्वास लिएका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु