• राजेन्द्र लिङ्देनले टुंग्याए आफ्नो प्यानलपार्टीलाई विचार केन्द्रित बनाऔ र सामूहिक भावना समेटेर बढाऔ : सहमहामन्त्री डा. महतकेशु पुन मगर निर्देशित गीति एल्बम “जोवन बैना देउ” र कुमारी बाँठा मगर (मनु)को उपन्यास “पीडाको पोखरी” एकैसाथ बिमोचनसदस्य–सचिव घिसिङद्वारा पूर्वाधारको निरीक्षणनेपाली खेलकुदलाई माथि उठाउन कुनै कसर बाँकी राख्दिन ः सदस्य–सचिव१४ औं महाधिवेशन स्वास्थ्य समितिलाई पूर्णतानवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीको दाबी : एमालेप्रति जनताको आकर्षण निरन्तर बढ्दो छ, फेरि पनि वामपन्थी र कम्युनिष्टहरुबीच एकता आवश्यक छवीर अस्पतालमा आज देखि नेशनल टेलिकल्सन्टेसन सेन्टर शुरुधनगढीमा ‘बेसिक फर नर्स’ तालिम सम्पन्नअपांगता भएका व्यक्तिको अधिकार कटौती हुनु दुर्भाग्य– अध्यक्ष शर्मा

    २४ घण्टामा गरिएको १० हजार ४४६ नमुना परीक्षणमा २७० जना कोरोना संक्रमित थपिए

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार १६:३२

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी २७० जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४४६ नमुना परीक्षणमा २७० जना कोरोना संक्रमित थपिएका छन् भने सोहि अवधिमा ३०२ जना निको भएका छन् ।

    आज थपिएका २७० जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख १६ हजार ५० पुगेको छ । सोहि अवधिमा ८ लाख १ हजार ७२२ संक्रमणबाट मुक्त भएका छन् ।

    त्यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमणका कारण हालसम्म ज्यान गमाउनेको संख्या ११ हजार ५१८ पुगेको छ ।

    त्यस्तै हाल देशैभरी ७,२८७ जना सक्रिय संक्रमित रहेका छन् । ती मध्ये ६,८९६ जना होम आइसोलेशन र ३९१ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै विभिन्न अस्पतालका आइसीयुमा १९१ र भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।

    नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसविरुद्धको खोप लगाउनेको संख्या १ करोड ७७ लाख १८ हजार ३७६ पुगेको छ ।
    कूल संख्यामा ९४ लाख ८१ लाख ३९ जनाले पहिलो मात्रा र ८२ लाख ३७ हजार ३३७ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु