
काठमाडौं, ११ मंसिर २०७८
नमराज भट्ट
नेसनको तेस्रो अन्तराष्ट्रिय सम्मेलन राजधानीमा सम्पन्न
काठमाडौं, ११ मंसिर २०७८
नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन) को तेस्रो सम्मेलन राजधानीको याक एण्ड यति होटलमा सम्पन्न भएको छ।
नेपालको जनसंख्याको तुलनामा न्युन न्युरो सर्जनहरु रहेका छन । अमेरिकामा १ लाख जनसंख्याका लागि एउटा न्युरो सर्जन उपलब्ध भएको उल्लेख गर्दै नेसोन्सका वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ न्युरो सर्जन डा. यम बहादुर रोकाले नेपालमा करिब ३ लाख जनसंख्या बराबर एक जना न्युरो सर्जन रहेको बताउनुभयो । हाल मुलुकमा करिब १०४ जना न्युरो सर्जन रहेका छन् ।
यसमा मस्तिष्क, नशा तथा मेरुदण्ड सम्बन्धि रोगको पहिचान, उपचार, रोकथाम र अनुसन्धानसम्बन्धि बिचार आदानप्रदान हुनुका साथै संसारमा भएका नवीनतम प्रविधिहरुको विकास, न्युरो सम्बन्धि समस्याको निदान र उपचारको विषयमा उच्चस्तरीय छलफल भएको छ ।
सम्मेलनमा विदेशी विज्ञहरुलाई नेपालको न्युरो सर्जरीको अवस्था अन्तर्राष्ट्रियस्तरको रहेको महसुस गराउन पनि यस सम्मेलनले महत्वपूपर्ण भूमिका खेल्ने नेप्लिज सोसाइटी अफ न्युरो सर्जन्स (नेसन) का अध्यक्ष डा. कृष्ण शर्माले बताउनुभयो । विदेशको तुलनामा नेपालमा निकै सस्तोमा न्युरो सर्जरी सेवा उपलब्ध भइरहेको छ । अमेरिकामा ४५ हजार डलर खर्च हुने एन्युरिजमको शल्यक्रिया नेपालमा २ हजारमा उपलब्ध हुने गरेको अध्यक्ष डा. शर्माले जानकारी दिनुभयो ।
पछिल्लो समयमा राजधानी बाहिर चितवन, बिराटनगर, पोखरा, बिर्तामोड, बिराटनगर, धरान, बिरगंज, नेपालगन्ज र धनगढी लगायतका ठाउँहरुमा पनि ब्युरो सर्जरी सेवा उपलब्ध भइरहेको संस्था सदस्य डा. सुमित जोशीले बताउनुभयो।
सम्मेलनमा स्वदेश र विदेशमा तालिम लिइरहेका र हालै तालिम सकेका युवा न्युरो सर्जनहरुलाई प्रोत्साहन गर्न योङ इन्भेष्टिगेटर अवार्ड प्रदान गरिएको सँस्थाका कोषध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा. गोपाल सेढाईंले जानकारी दिनुभयो।नर्सिङ र फिजियोथेरापी लगायत १२५ कार्यपत्रहरु प्रस्तुत गरिएको थियो।


