• चितवन स्टार ओपन डान्सिङ कम्पिटेशन नेपाल २०७८ सिजन–२ को पहिलो अडिसन सम्पन्न

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १२ मंसिर २०७८, आईतवार ०७:०५

    भरतपुर/नव प्रतिभाको खोजी अभियानको नारा लिएको ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसको आयोजनामा भरतपुरस्थित होटल जमघटको सभाहलमा चितवन स्टार ओपन डान्सिङ कम्पिटेशन नेपाल २०७८ सिजन–२ को पहिलो अडिसन सम्पन्न भएको छ ।

    ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसका सल्लाहकार राकेशमान श्रेष्ठको सभापतित्वमा सम्पन्न अडिसनमा युवा पत्रकार राजु भट्ट प्रमुख अतिथि रहनुभएको थियो ।
    प्रमुख अतिथि भट्टले यस्ता खाले प्रतियोगितालाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दैै लैजानु पर्ने र यस्ता कार्यक्रमहरुले युवायुवतीहरुमा आफूभित्र भएको प्रतिभालाई प्रर्दशित गर्दै क्षमता अभिवृद्धिसँगै समाज रुपान्तरणमा टेवा पुग्ने बताउनुभयो ।

    जिल्लाका विभिन्न स्थानहरुबाट सहभागी २१ जना प्रतिस्पर्धी मध्ये १४ जनाले पहिलो अडिसन पार परी फाइनलमा प्रवेश पाएका र दोश्रो अडिसन मंसिर १८ गते हुने कार्यक्रमकी संयोजक एवम् ग्राण्ड मल्टि इन्टरटेन्मेन्ट हाउसकी प्रबन्ध निर्देशक रिता लोहनीले जानकारी दिनुभयो ।

    सञ्चारकर्मी आयुष न्यौपानले सञ्चालन गर्नुभएको कार्यक्रममा व्यूटिसियन लक्ष्मी पौडेल, इभेन्ट अर्गानाइजर एवम् मोडल दिपा पाठक र उडेन ठकुरी, चितवन स्टार ओपन डान्सिङ कम्पिटेशन नेपाल सिजन–१ की बिजेता रोशनी मगर र सिजन–१ की जुनियर बिजेता सोनपरी लामा निर्णायकको भूमिकामा रहनुभएको थियो । अडिसन कार्यक्रममा कल्पना थापा र ममता गुरुङले स्टेज डेकुरेशन सहित व्यवस्थापनको जिम्मेवारी सम्हाल्नु भएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु