दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

धर्तिका पाहुना हामी

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १२ गते, आईतवार ७:२८

–शिव अधिकारी

धर्तिका पाहुना हामी छौ सारा स्वर्ग लोकमा
पाई जीवन यो आज आयौ यही बजारमा
बुझ्न यो बरु भो गारो कताबाट यहाँ पुग्यौँ
यतिमात्र बुझे हामी मान्छे हौ भन्न सक्दथ्यौँ ।। १ ।।

लिपपोत गरि सानो चिटिक्क घरको पिडी
त्यँहि अमृत बर्षन्छ दुःख कष्ट सबै चुडी
हाँसेर प्रातको लालि लगाई शीर सोभन
हेरौ लौ उच्च हिमाल सुनैको लाग्छ रोगन ।। २ ।।

ए यस्तो धर्तिलाई नै चिथोर्ने र विगारने
मान्छेले त हुँदै हुन्न यस्तो विध्वंस पारने
आउ बनाउ यो धर्ति बुद्धको प्रेरणा लिदै
आकाश खुल्छ रातीको अन्धकार हटाउँदै ।। ३ ।।

गुँरास के फुल मात्रै हो यो हो पुल सबैसग
जोडिन्छ प्रितिको माला संसार बन्छ जग्मग
डाँफेले डालीमा पुग्दा खोल्छ पंख यहाँ जब
संसारै कल्पिने गर्छ गाउँ नाचौ सबै अब ।। ४ ।।

च्यातेर धर्तिको छानो विगार्दै स्वच्छ संस्कृति
ओडेर चम्किलो बर्को नछर्नु अब विकृति
मान्छे ओडारमा बस्थ्यो ऐले महलमा पुग्यो
सोच्तैनौ यो भने बुझ्नु सारा वैभव नै गुम्यो ।। ५ ।।

बाबाधामको कोसेली १२ मंसिर २०७८
शिव अधिकारी बाबाधाम सहयोगी नगर कोटेश्वर काठमाण्डौ

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु