
–शिव अधिकारी
साटेर मनको भाखा चाटेर दिलको तर
मटोमा लुट्पुटी गर्दै हुर्केको अरु कुन्छर
मान्छे हो चेतना पुञ्ज सिर्जनाको सिरानीमा
उनिदै खेल्छ माटो मै हिड्दै गर्छ सुमार्गमा ।। १ ।।
सेबा समाजको गर्छ बाटो छेकेर बैरीको
मटोमै फल्छ अमृत उर्बर फाँट गैरीको
कति सुन्दर यो धर्ति आधार मृतिका न हो
माटो आमा दुवैलाई स्याहार गर्नु कर्म हो ।। २ ।।


