• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    सँस्था गम्भीर मोडमा आएकाले सँस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आचार्यको आग्रह

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ०८:४२

    काठमाडौँ । गैर आवासीय नेपाली संघका केन्द्रीय सल्लाहकार तथा आगामी अधिबेसनमा अध्यक्ष पदका प्रत्यासी कुल आचार्यले सँस्था गम्भीर मोडमा आएकाले सँस्था बचाउन उत्तरदायी भूमिका निर्वाह गर्न संरक्षकहरुलाई आग्रह गरेका छन ।
    आइतबार आयोजित ‘खुला डबली विशेष’ कार्यक्रममा बोल्दै आचार्यले सबै एकै ठाउँमा बसेर रचनात्मक छलफल गर्न आग्रह गरे । ‘संस्थालाई बिडम्बनाबाट बचाऔं । संस्थाको हितको लागि म जुनसुकै त्याग गर्न तयार छु । संस्थाको गल्ती छैन, केही व्यक्तिको कुदृष्टिले गर्दा यस्तो भएको हो’ उनले भने ।
    सरकारसँग झगडा गर्ने कुरा आजैदेखि बन्द गर्न उनले आग्रह गरे । जुनसुकै पार्टीको सरकार भए पनि सम्मान गर्नुपर्ने उनको विचार छ । कोही अदालत पुगेपनि सरकारसँग धेरै काम गर्न बाँकी रहेको उनले सुनाए । ‘के गैर आवासीय नेपालीका समस्यालाई रद्दीको टोकरीमा हालेर अगाडि बढ्न खोजेको हो?’ उनले प्रश्न गरे ।
    ‘अहिलेका सबै स्टेकहोल्डरले मन्त्रालयसँग सिंगौरी खेल्दै होइन, विधि विधान अनुसार दिएको निर्देशनलाई कार्यान्वयन गर्नु पर्छ । सकिन्छ, मिलेर जाऔं, नसके पारदर्शी ढंगबाट चुनाव लडेर अगाडि जाउँ । संस्थालाई अन्यौलमा पार्ने काम भएको छ,’ आचार्यले भने, ‘कसैको उक्साहटमा नलागेर, आवेसमा नआएर काम गरौं । संसारभरका नेपालीलाई असर पर्ने काम गर्न हुँदैन भनेर अघि बढ्ने प्रयास गरिरहेको छु ।’

    नेतृत्वले संस्थालाई यो गम्भीर मोडमा ल्याइपुराएको तर लुकेको नियत सधैंभरि नचल्ने उनले बताए । ‘एकदिन सत्यको विजय हुन्छ । झुठको खेती नगरौं । संसारभरका नेपाली धेरै सक्षम भैसके । हामी सबै मिलेर संस्था बचाउनु पर्छ,’ अध्यक्षका प्रत्यासी आचार्यले थपे, ‘धेरै नाटक, झुठा कुरा गर्ने बेला यो होइन । लामो समय काम गर्नुभएका संरक्षकज्यूहरुले उत्तरदायी भूमिका खेलिदिनुहोस् । सरकारले पनि तपाईंहरुलाई विश्वास गरेको छ ।’
    ‘संसारभरिका नेपालीको टाउको बेच्ने काम भएको छ भने हामी खबरदारी गर्छौं । एउटा नेपालीले अर्कोलाई ठगेको छ भने त्यो सहनसक्ने विषय होइन,’ आचार्यले थपे । उनले संस्था नेपालीका दुःखसुखमा साथ दिन, नेपालसँग जोड्नका लागि बनाइएको तर कसैको व्यापारिक दृष्टिकोणले बनाइएको संस्था नभएको उनले स्पष्ट पारे ।
    आफूले संस्थालाई कहिल्यै पनि तल पार्न नदिएको बताउँदै आचार्यले अघिल्लो चुनावमा आफूमाथि घात हुँदा पनि संस्थाको लागि त्याग गरेको सुनाए । ‘गत निर्वाचनको टिकाटिप्पणी म गर्न चाहन्न । मैले हार्दा संस्था बच्छ भने बचोस् भनेर मैले वडाध्यक्षले भोट हाल्दा पनि वास्ता गरिनँ,’ उनले भने, ‘संस्थाले नहारोस्, कुल आचार्यले हार्दा केही हुँदैन भन्ने संस्कार देखाउने मैले प्रयास गरें । तर अहिले संस्था दुरुपयोग गरेर विभिन्न बहानाबाजीमा यस्तो अवस्थामा कसले ल्याइपु-यायो?’ उनले प्रश्न गरे ।
    ‘ नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक’
    ’टिम कुल’ द्वारा आइतबार आयोजित ‘खुला डबली विशेष’ मा बोल्दै सन् २०१९–२१ का उपाध्यक्ष सोनाम लामाले नेपाल सरकार विरुद्ध मुद्दामामिला गर्ने काम लज्जाजनक भएको बताए। “जुन थालमा खाना खान्छौं, त्यसैलाई लात हान्नु लाज लाग्ने कुरा हो,“ उनले भने। उनले एनआरएनए जुटेर हैन, फुटेर जानु पर्ने पनि बताए ।
    आइसीसीका उपाध्यक्ष मन केसीले संघका कुनै पनि निकायमा छलफल र निर्णय नगरी नेपाल सरकार विरुद्ध मुद्दा गर्ने काम मान्य नहुने बताए। “हामीलाई अन्धकारमा राखिएको छ। सरकार विरुद्ध मुद्दा हाल्ने कामले गलत नजीर बसालेको छ।’
    यसै गरी २०२१–२३ का लागि महासचिव पदका उम्मेदवार डा. केशव पौडेलले गत जनवरीमा विशेष अधिवेशनको नाटक रचिएको र संस्था कब्जा गर्ने खेल जारी रहेको बताए। उनले संस्थाका केही अगुवाहरुले एनआरएनएको नाममा व्यापार गरिरहेको बताउँदै त्यो हतियार उनीहरुले त्याग्न नचाहेको खुलासा गरे ।
    गैर आवासीय नेपाली संघका सल्लाहकार तथा एनआरएन एशिया प्याशिफिक पूर्व संयोजक अध्यक्ष त्रिलोक गुरुङले संघमा चरम विवाद र अनियमितता आएको भन्दै दुख व्यक्त गरे ।
    संस्थापन पक्ष भएर अभिभावकको भूमिका खेलेर प्रतिपक्षलाई बिश्वासमा लिएर अघि बढ्नु पर्नेमा आफै मुद्दामामिला गर्दै हिड्ने काम दुर्भाग्यपूर्ण रहेको भन्दै आफ्ना कमिकमजोरी लुकाउन अरुलाई दोष लगाउनु कामचलाउ अध्यक्ष कुमार पन्तको अक्षमता भएको भन्दै उनले खेद व्यक्त गरे ।
    पन्तले गत शनिवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख संरक्षक डा. शेष घलेको नाम लिएर पटक पटक संस्थाको बेथितिको कारक उनी रहेको भन्दै दोष लगाएका थिए ।
    कार्यक्रममा संघका केन्द्रीय सल्लाहकार विश्व आदर्श पण्डित, युरोप क्षेत्रीय संयोजक नारायण आचार्य, पूर्ब सचिव जानकी गुरुंग,मानार्थ सदस्य शनि कुमार ओली,एनसीसी अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी, एनसीसी बेलायतका अध्यक्ष प्रेम गाहामगर, एनसीसी जर्मनीका पूर्व अध्यक्ष दिल गुरुङ, कानूनविद डा. बलराम श्रेष्ठ, अधिवक्ता सुरेन्द्र नेपाल श्रेष्ठ लगायतका वक्ताले संस्थाका पंजीकृत सदस्यहरुले तिरेको शुल्क खर्च गरेर नेपाल सरकारसंग मुद्दामामिला गर्ने काम स्वीकार्य हुन नसक्ने भन्दै विवादित विषयलाई संस्था भित्रै मिलाउन आह्वान गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु