• धादिङमा समावेशी कोटामा सापकोटाको जित

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार ०८:५६

    काठमाडौं । नेपाली कांग्रेसको धादिङको निर्वाचनबाट समावेशी कोटामा अत्याधिक मत ल्याएर केन्द्रीय महाधिवेशन प्रतिनिधिमा बाबुकृष्ण सापकोटा विजयी भएका छन् ।
    गएराती सम्पन्न मतपरिणाममा सापकोटाले आफ्ना प्रतिष्पर्धी हर्कमान तामाङलाई १ सय १२ मतले पराजित गरे । सापकोटाले १ हजार ६६ मत ल्याए भने तामाङले ९ सय ५४ मत पाए । सापकोटा जिल्लाका निवर्तमान कोषाध्यक्ष पनि हुन् । सापकोटा राजनीतिसँगै समाजसेवामा पनि सक्रिय रहेका छन् । उनले आफूले नयाँ जिम्मेवारी पाएको र आगामी दिनमा पार्टीको लागि थप सक्रिय भएर लागिरहने बताएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु