• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    लेवनानमा रहेका नेपाली श्रमिकको सुरक्षा र व्यवस्थापनबारे छलफल

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलवार १९:१२

    १४ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग लेवनानका अवैतनिक महावाणिज्यदूत एल शेख मोहमद गोजायलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच लेवनानमा कार्यरत नेपाली श्रमिकहरुको सुरक्षा र व्यवस्थापनको बिषयमा छलफल भयो । मन्त्री श्रेष्ठले नेपाल र लेवनानबीचको सम्बन्ध सुदृढ बनाउन गोजायलले खेल्नुभएको भुमिकाको प्रशंसा गर्नुहुँदै धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले नेपाल र लेवनान दुवै देश संयुक्त राष्ट्रसंघ, असंलग्न आन्दोलन तथा जी ७७ का सदस्य देश रहेकोले विभिन्न बहुपक्षीय तथा क्षेत्रीय फोरमहरुमा एकै किसिमका एजेण्डा हुने गरेको स्मरण गर्नुभयो ।
    महावाणिज्यदूत गोजायलले लेवनान सरकारले सरकारी स्तरमा श्रम समझदारी पत्रमा हस्ताक्षरका लागि यसअघि गरेको प्रस्तावबारे निर्णय गर्न आग्रह गरेको बताउनुभयो । लेवनानमा रहेका नेपालीहरुको सुरक्षा तथा समस्या समाधानका लागि श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न आवश्यक हुने गोजायलले बताउनुभयो । श्रम समझदारी पत्रमा हस्ताक्षर गर्न सरोकारवालाहरुसँग वृहत छलफल गरी छिटो टुङ्गोमा पुगिने मन्त्री श्रेष्ठले बताउनुभयो ।
    पछिल्लो समय लेवनान नेपाली श्रमिकहरुको लागि राम्रो गन्तव्य मुलुकको रुपमा रहेको छ । नेपाल र लेवनानबीच सन् १९६३ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालले लेवनानमा संयुक्त राष्ट्रसंघ मार्फत शान्तिसेना पनि पठाउदै आएको छ । शान्ति सेनाले त्यहाँ रहेका सीमान्त समुदायलाई सहयोग गर्नुका साथै शान्ति स्थापनाको प्रक्रियामा सहयोग गर्दै आएको छ । भेटवार्ताका क्रममा मन्त्री श्रेष्ठले लेवनानको शान्ति प्रकृया सफलताको शुभकामना पनि दिनुभएको थियो ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु