• नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र -आजबाट निर्वाचन प्रक्रिया सुुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १६ मंसिर २०७८, बिहीबार ०८:३६

    काठमाडौं, मंसिर १६ । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि आजबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी पुरा भएको छ ।

    केन्द्रीय निर्वाचन समितिले सातवटै प्रदेशमा निर्वाचन अधिकृत खटाई सकेको छ । समितिका अनुसार १६५ प्रतिनिधि सभा क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधि र ३३० प्रदेश सभा क्षेत्रबाट निर्वाचित प्रदेश अधिवेशन प्रतिनिधिहरूले आ–आफ्नो प्रदेशको नेतृत्व चयनका लागि मतदान गर्नेछन् ।

    आज मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका छ भने भोली शुुक्रबार उम्मेदवारी दर्ता गर्ने र १८ गते मतदान हुँदैछ । कांग्रेस प्रदेश १ कार्यसमितिको नेतृत्वका लागि मोरङको विराटनगरमा अधिवेशन हुनेछ ।

    कांग्रेस केन्द्रीय कार्यसमितिको कात्तिक २८ गतेको बैठकले केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा प्रदेश १ का लागि प्रदेश अधिवेशनसँग सम्बन्धित समिति गठन गरेको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु