उर्जामन्त्री खड्का र भारतका विद्युतमन्त्री खट्टरबीच भेट, दुई देशको उर्जा विकासका विविध विषयमा छलफलथ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूराशुक्रबार देखि नेपाल एग्रीटेक, फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पो हुदैंखानी खोला हाइड्रोपावरको बाह्रौं बार्षिक साधारणसभा सम्पन्नएनआरएनए मूल आयोजक समितिमार्फत महाधिवेशन तयारीलाई थप तिव्रताश्रीस्वस्थानी व्रत आज विधिपूर्वक समापन गरिँदैगीति कविता : मायाको यो सुनौलो यात्रामाMercure Kathmandu Hotel Presents Exclusive Valentine’s Day Experiencesगायक राजेश पायल राईको स्वरमा रहेको ‘रित्तो जन्में’ गीत सार्वजनिकतेजुका कपमा नेपालबाट २ खेलाडीले खेल्ने

काँग्रेस गण्डकी प्रदेश सदस्यमा सांसद प्रकाशचन्द्र दवाडीद्धारा उम्मेद्वारी घोषणा

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १६ गते, बिहीबार १०:२५

पोखरा, १६ मंसीर । नेपाली काँग्रेसका सांसद प्रकाशचन्द्र दवाडी प्रदेशसदस्य लड्ने हुनुभएको छ ।

पार्टीको १४ औँ महाधिवेशनअन्तर्गत आज र भोलि हुन लागेको गण्डकी प्रदेशको अधिवेशनमा सांसद दवाडीले प्रदेश सदस्य (खुलातर्फ) उम्मेद्वारी दिन लाग्नुभएको हो । उहाँले एक कार्यक्रमको आयोजना गरी आफ्नो उम्मेद्वारी समेत घोषणा गरिसक्नुभएको छ ।

विस २०७४ मंसीरमा सम्पन्न प्रतिनिधीसभा एवम् प्रदेश सभा निर्वाचनमा गोरखा क्षेत्र नं २ प्रदेश (ख) बाट निर्वाचित सांसद दवाडी गोरखामात्र नभई गण्डकी प्रदेशमा नै लोकप्रिय नेता हुनुहुन्छ ।

सांसद भएवापत पाएको तलब भत्तासमेत गाउँ र जनताको सेवामा लगाउँदै आउनुभएका दवाडीले ‘मेरो राजनीति तपाईँकै सेवाका लागि, मेरो राजनीति समाजको टेवाका लागि’ भन्ने मूल नारालाई अगाडि बढाउँदै आउनुभएको छ ।

सांसद दवाडीले गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट प्रदेश अधिवेशनमा भाग लिन आउनुभएका पार्टीका केन्द्रीय पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधी, जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश निर्वाचन क्षेत्रीय सभापति, प्रदेश अधिवेशन प्रतिनिधीहरुलाई हार्दिक स्वागत समेत गर्नुभएको छ ।

उहाँले आफू काँग्रेसका नेता तथा कार्यकर्ताको समिपमा रहेर काँग्रेसको समाजवादी अभियानलाई निरन्तर अगाडि बढाउने बाचा समेत गर्नुभएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु