दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाले मनायो ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर १७ गते, शुक्रबार १३:१८

नुवाकोट,१७ मंसिर । प्रत्येक वर्ष डिसेम्बर–३ का दिन देशैभर मनाइने अपांगता दिवसमा आज “हाम्रो प्राथमिकताको आधार अपांगता भयका व्यक्तिको अधिकार” भन्ने मूल नाराका सहित ३० औं अन्तर्राष्ट्रिय अपांगता दिवस अबसरमा बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाले दिवस मनाएको छ।

बेल्कोटगढ़ि अपाङ्गता तथा असहाय सेवा संस्थाको आयोजनामा अध्यक्ष गणेश पोखरेलको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अथिति बेल्कोटगढ़ि नगरपालिकाका प्रमुख राजेन्द्र रमण खनाल रहेका थिए ।

संस्थाको कोषाध्यक्ष तथा गायिका सुभद्वा पाैडल द्वारा संचालन भएको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि,जनप्रतिनिधि हरूले शुभकामना व्यक्त गरेका थिए ।

कोरोना भाईरसको संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानीस भेला भएर भने कार्यक्रम नगरिएको बेल्कोटगढ़ि अपाङ्ग तथा असहाय सेवा संस्थाको अध्यक्ष गणेश पोखरेलले बताउनुभयो ।

फरक फरक खालका अपाङ्गता भएका व्यक्तिलाई फरक फरक समस्या हुदै आएको छ । त्यसैले अहिले बनेका संरचनाहरु अपाङ्ग मैत्री हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बेल्कोटगढ़ि नगरपालिका भित्र रहेका अपाङ्गता भएका समुदाय र विभिन्न राजनीतिक दलका प्रतिनिधि,शिक्षक,बिद्यार्थी ,जनप्रतिनिधि र सुरक्षाकर्मी समेतको उल्लेख्य उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु