• चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह “राजा” सांस्कृतिक संघको केन्द्रीय सदस्य मनोनीतपछिल्लो २४ घण्टामा १० हजार ३१९ जनामा कोरोना भाइरस को संक्रमण पुष्टिकोरोनाको तेस्रो लहरसँगै निजि विद्यालयको कठिन यात्रा"अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्न नगर विकास कोषको योजना यस्तोकरेन्सी तथा नेटवर्किङ कारोबारमा संलग्नलाई कारबाही गर्ने चेतावनीस्वस्थानी समय संगै परिमार्जित कथा बनेको छविदेशमा घुमी घुमीआज मिति २०७८ माघ १० गते, साेमवारको राशिफलस्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने खेती हो : बडालतीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिन्छ, सरकारले परामर्श गरोस : मुक्ति प्रधान

    ढाडको सर्जरी गरेका हेमकाजीले रुदैँ भने, – ‘ग्राण्डीले मलाई पुर्नजीवन दियो’

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १५:०२

    काठमाडौँ, १७ मङ्सिर । गोरखाका ५४ वर्षीय हेमकाजी गुरुङ । जो अहिले चितवनमा बस्दै आउनुभएको छ ।

    उहाँलाई एक महिना पहिले एक्कासी ढाडको समस्या देखियो । ढाडको समस्यासँगै दाईने खुट्टाले काम गर्न छाड्यो । उहाँ उपचारका लागि राजधानी आइपुग्नुभयो ।

    मङ्सिर ५ गते उपचारको शिलशिलामा उहाँ ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी पुग्नुभयो । स्पाइन सर्जरीमा अस्पतालको स्थापनाकालदेखि नै कार्यरत डा विनोद विजुक्छेको टिमले उहाँलाई काउन्सिलिङ गरेपछि उहाँ सर्जरीका लागि तयार हुनुभयो ।

    अन्ततः उहाँको मङ्सिर ८ गते बुधबार सफलतापूर्वक सल्यक्रिया सम्पन्न भएको छ । “यतिचाँडो सल्यक्रिया सम्पन्न भएर मलाई निका निको होला भन्ने लागेको थिएन,”– हिँजो बिहिबार अस्पतालमा आयोजित एक कार्यक्रममा हेमकाजीले भन्नुभयो ।

    हेमकाजी चार वर्षको हुँदा उहाँलाई क्षयरोग भएको थियो । त्यसको झण्डै ५० वर्षपछि एक्कासी एक खुट्टाले काम नगर्ने भएपछि उहाँलाई शल्यक्रिया गर्नुपरेको थियो । उहाँलाई आठ घण्टा ६ मीनेट लगाएर शल्यक्रिया गरिएको थियो । डा विजुच्छे, डा अर्चन अधिकारी, सुजाता निरौला, डा अशोक खड्का, डा अविनाश गुरुङको टिमले उहाँलाई शल्यक्रिया गरेको थियो । बिहिबार आयोजित कार्यक्रममा हेमकाजीले रुँदै भन्नुभयो, ‘मलाई यस अस्पतालले पुर्नजीवन दियो’ । उहाँले आफ्नो उपचारमा खटिने डाक्टर, नर्स र अस्पतालका कर्मचारीलाई धन्यवाद समेत दिनुभयो ।

    कार्यक्रममा डा विजुक्छेले हेमकाजीलाई गरिएको शल्यक्रिया स्पाइन सर्जरीको क्षेत्रमा गम्भीर प्रकृतिको शल्यक्रिया भएको बताउनुभयो । “मैले शल्यक्रियाका लागि हेमकाजीलाई विदेश जानसमेत सुझाव दिएको थियाँ, उहाँहरुले होइन नेपालमा नै शल्यक्रिया गर्नुपर्छ भन्नुभयो विरामीले हामीप्रति गरेको आशा र भरोसा अनि हामी डाक्टरहरुको आत्माविश्वासका कारण सफलतापूर्वक शल्यक्रिया सम्पन्न भयो, हामी एकदमै खुशी छौँ,”– डा विजुक्छेले भन्नुभयो । कामको शिलशिलामा विरामीले दिएको हौसला डाक्टरको लागि ठूलो साथ र सहयोग हुने उहाँको भनाई थियो ।

    उहाँको रोगबारे एक्स रे, सिटि स्कान र एमआरआई गरेर हेरेपछि मात्र अस्पतालले सर्जरी गरेको थियो । कम्मरमा भएका पाँच हड्डिमध्ये दुईवटा हड्डि जाम हुनुका साथै नशा तन्किँदा उक्त समस्या देखिएको डा विजुक्छेको भनाई छ ।

    ढाडमा भएको मासु क्रमश ः ढिका पर्दे गएकाले उक्त समस्या आएको थियो । टिमवर्क भएर काम गर्दा शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको डा विजुक्छेले बताउनुभयो । हरेक डाक्टरको चाहना विरामीको सफल उपचार होस् भन्ने रहेको उहाँले सुनाउनुभयो ।

    विरामीका भिनाजु लक्ष्मण गुरुङले जटिल प्रकृतिको रोग भएपनि नेपालकै डाक्टरलाई विश्वास र भरोसा गर्दा सफलतापूर्वक सल्यक्रिया सम्पन्न भएको बताउनुभयो । “नेपाली जनताको आशा र भरोसाको केन्द्रविन्दु आगामी दिनमा पनि ग्राण्डी अस्पताल र डाक्टरहरु बन्नुहोस्,”– उहाँले भन्नुभयो ।

    विस २०६९ सालमा स्थापना भएको ग्राण्डी अस्पतालले स्थापनाकालदेखि नै स्पाइन सर्जरी गर्दै आएको छ । उक्त अस्पतालले हाल २०० शैयामार्फत विरामीको उपचार गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु