• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    गोल्डेनगेटलाई सफलता

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १८:१६

    काठमाडौं ।गोल्डेनगेट ‘ए’ ले थ्री बाइ थ्री पुरुष बास्केटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा गोल्डेनगेट ‘ए’ ले कीर्तिपुर ‘ए’ लाई २१–१५ ले पराजित ग¥यो ।
    नेपाल बास्केटबल संघको सहयोगमा ललितपुर जिल्ला बास्केटबल संघले आयोजना गरेको प्रतियोगिताको अन्य खेलमा नेपाली सेना ‘ए’ ले नखिपोट ‘ए’ लाई २१–८, बूढानीलकण्ठ ‘ए’ ले युलेन्सलाई १९–१७, कीर्तिपुर ‘बी’ ले नखिपोट ‘सी’ लाई २१–६, टाइम्स ‘ए’ ले गोल्डेनगेट ‘बी’ लाई १९–१४, रोयल्सले कीर्तिपुर ‘सी’ लाई २१–६ तथा विशाल मिलन केन्द्रले भनिमण्डललाई २१–१२ ले हराए ।
    प्रतियोगिताको नेपाल बास्केटबल संघका कार्यवाहक अध्यक्ष भीमसेन गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । उद्घाटनका अवसरमा बास्केटबल संघका अध्यक्ष स्व. लामा टेन्डी शेर्पाको सम्झनामा १ मिनेट मौन धारण गरिएको थियो ।
    लिग कम नकआउट आधारमा भइरहेको प्रतियोगितामा २० टिम सहभागी छन् । विजेताले ४० हजार र उपविजेताले २० हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई १० हजार नगदबाट पुरसकृत गरिने छ । फाइनल आइतबार हुने छ ।
    आर्यनलाई स्वर्ण
    नेपाली कराते खेलाडी आर्यन रन्जितले कोरिया अनलाइन कराते च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । ११–१२ वर्ष उमेरसमूहमा आर्यनले स्वर्ण जितेको कराते प्रशिक्षक सञ्जय रन्जितले जनाएका छन् ।
    गत संस्करणमा पनि आर्यनले स्वर्ण जितेका थिए । त्यसबेला उनले १०–११ वर्ष उमेरसमूहमा प्रतिस्पर्धा गरेका थिए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु