• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    कार्कीको २ सय २५ किलोमिटर दौड

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १७ मंसिर २०७८, शुक्रबार १८:२५

    काठमाडौ ।लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरको गोदावरी नगरपालिका गोदामचौर, कार्कीटार, हनुमान मन्दिरदेखि जनकपुरको रामजानकी मन्दिरसम्म दौड्ने भएका छन् ।
    गोदामचौरस्थित आफैले निर्माण गरेको हनुमान मन्दिरबाट २ सय २५ किलोमिटर दूरीको दौड यात्रा कार्कीले सोमबारदेखि थाल्ने भएका छन् । मंसिर २० गतेदेखि सुरु हुने छ । पहिलो दिनको दौड नेपालथोकमा पुगेर टुंगिने छ । दोश्रो दिनको दौड यात्रा कमलामाई नगरपालिकासम्म हुने छ भने तेश्रो तथा अन्तिम दिन जनकपुरको रामजानकी मन्दिरमा पुगेपछि दौड सम्पन्न हुने छ । दौड एकतर्फी मात्र हुने छ । कार्की तेश्रोपटक गोदामचौरदेखि जनकपुरसम्म दौड्न लागेका हुन् ।
    कार्कीले विगतमा दौडको माध्यमबाट संकलन भएको रकम विभिन्न सामाजिक कार्य सहयोग गरेको बताउदै यसपटकको दौडको उद्देश्य आफैले निर्माण गरेको हनुमान मन्दिरमा २७ फिट अग्लो गदा निर्माणका लागि आर्थिक सहयोग जुटाउनु रहेको बताए ।
    यसअघि कार्की दौडेर नेपालको ७५ वटै जिल्ला पुगिसकेको छन् । त्यस्तै काठमाडौं–लुम्बिनी ६ पटक, काठमाडौं–दोलखा ३ पटक, काठमाडौं सिन्धुली ३ पटक र काठमाडौं–पोखरा १ पटक दौडिसकेको कार्कीले जानकारी गराए । साथै काठमाडौंदेखि मित्रराष्ट्र भारतको उत्तरप्रदेशको विहार राज्य तथा भुटानको फुन्सुलिङसम्म दौडिसकेका कार्कीले विभिन्न घरेल प्रतियोगितामा समेत प्रतिस्पर्धा गरेका छन् ।
    कार्कीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य अर्जुनबहादुर केसी, राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुशन्धान केन्द्रका प्रमुख तिलक नेपालीलगायतलेले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
    मुलपानीलाई ३ स्वर्ण
    मुलपानी तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको पहिलो दिन शुक्रबार ३ स्वर्ण जितेको छ । पहिलो दिन ५ स्पर्धाको फाइनल सम्पन्न हुँदा मुलपानीले सर्वाधिक ३ स्वर्ण जितेको हो ।
    जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताअन्तर्गत एकल पुम्सेको यु–१६ पुरुषमा एमिलका स्वरुपराज राई र महिलामा मुलपानीकी प्रगति कुइकेल तथा १६ वर्षमाथि पुरुषमा मुलपानीका मधुसुदन सापकोटा र महिलामा मुलपानीकै हिमाला अधिकारीले स्वर्ण जिते ।
    गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ४०–४५ केजीमा लैनचौरका स्वीकार रजकले पहिलो स्थान हात पारे ।
    प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा राखेपका सदस्य श्रीमान थापा, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतको उपस्थिति थियो । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका अध्यक्ष समेत रहेका प्रतियोगिता संयोजक सोवितमान गिरीले जनाएका छन् । शीर्ष तीन स्थान हात पार्नेले टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउने छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु