• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    माटो

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : १९ मंसिर २०७८, आईतवार ०८:०६

    –शिव अधिकारी
    यो माटो अब बिर्सिएर जनले उल्टै खरानी घस्यो
    माटो कंक्रिट भो घरै घर भरि भण्डार सारा सुक्यो
    धर्तिको जब मान सान दुनिया गर्दै नगर्दा हुने
    यो नोक्सानी बताउनै कठिन भो को हुन्छ उक्साउने ।। १ ।।

    बाटो मै अलपत्र छन जनहरु गन्तव्य सारा टुट्यो
    धर्ति बञ्जर भो उजाड छ धरा सम्बन्ध सारा छुट्यो
    खानै छैन कतै कतै छरिवरी खाने कुरा व्यर्थ छ
    बस्ती छैन यहाँ कतै जनहरु छन भाग्यको साथ छ ।। २ ।।

    होलान् निर्धन भाग्यले रचिदियो भन्छन धनिले पनि
    आफैमात्र धनि हुने छ रटना मालिक मै हु भनि
    यस्तो हर्कत झै भयो कहरनै मान्छेहरुको दशा
    कोही मात्र धनि भएर नहुने झन्झन् बढ्यो दुर्दशा ।। ३ ।।

    यो जानी अब को धनि गरिब को यौटै छ मान्छे भने
    कुनै भेद र भाव हुन्न गरनु यो युग चम्काउने
    माटो मातृसमान हो छ कसरी रक्षा गरु यो भनि
    लाग्नु पर्छ सबै सधै सजग भै जो जो भएता पनि ।। ४ ।।

    माटो को यदी भो भने जतन यो संसार बन्ने भयो
    माटोको जब दुर्दशा बनि दिँदा मान्छे हुँदै हुन्न त्यो
    यो जानी मुटुमा मधु मधुरिमा राखेर हिड्ने गर
    राम्रा फाँट भरी घरै घर हुने विनास रोक्ने गर ।। ५ ।।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु