• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसं) को पठनपाठन आइतबारबाट सुरु

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २० मंसिर २०७८, सोमबार ०८:३५

    जुम्ला, मंसिर २० । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षातर्फको स्नातक तह (एमबीबीएसं) को पठनपाठन आइतबारबाट सुरु भएको छ । यसै वर्षबाट चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई चिकित्साशास्त्रतर्फ एमबीबीएस अध्ययन गर्न स्वीकृति प्रदान गरेको थियो ।

    पहिलो पटक एमबीबीएससहित बीफार्मा, स्नातक तहमा नर्सिङ र पब्लिक हेल्थको अध्ययन सुरु भएको छ । आयोगले प्रतिष्ठानलाई एमबीबीएसमा अध्यापन गर्न २० जनाको कोटा तोकिदिएको थियो । पूर्ण छात्रवृत्तिमा १५ र सशुल्कमा पाँच कोटा कायम गरिएको छ । बीफार्मेसीमा पनि २० जनाको कोटा निर्धारण गरिएको छ ।

    कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मङ्गल रावलले भने, “यसबाट समग्र कर्णालीवासीलाई फाइदा पुग्नेछ । ” उनका अनुसार भर्ना भएका विद्यार्थीका लागि आइतबारबाट अभिमुखीकरण सुरु गरिएको छ । प्रतिष्ठानले हाल तीन सय शैया क्षमताको अस्पतालसमेत सञ्चालनमा ल्याइसकेको छ ।

    अस्पतालमा १० शैयाको सघन उपचार कक्ष –आईसीयू र चार शैयाको शल्यक्रिया कक्षसमेत रहेको छ ।प्रतिष्ठानमा गत वर्षदेखि पोस्टग्राजुएट्स (एमडी) तहमा पाँच जनाले अध्ययन गरिरहेका छन् । यसअघि प्रतिष्ठानमा प्रवीणता प्रमाणपत्र तहमा नर्सिङ, हेल्थ असिस्टेन्ट, एनेस्थेसिया असिस्टेन्ट, एमडीएमएस, बालरोग विशेषज्ञ र एमडीजीपीको अध्यापन पनि हुँदै आएको थियो । गोरखापत्र दैनिकबाट

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु