
–शिव अधिकारी
साँच्चै संकटमा समाज छ यहाँ के ले भयो यो भन
के गर्दा जनका अनेक सपना सक्छन ति पुरा हुन
यै मात्रै अब सोच्नु पर्छ दुनिया होलान खुशी के गरी
हिमाली युग प्राकृतिक रसले होलान ती अजम्बरी ।। १ ।।
मात्रै सोच र साधना स्तर भरि गर्नु छ धेरै कुरा
आफै स्वच्छ समाज चल्दछ भने हुन्छन सबै ति पुरा
बाटोमा अलमल्ल छन जन भने गन्तब्य देखाउनु
जान्दैनन सब पाठ पढ्न बबुरा आजै छ सम्झाउनु ।। २ ।।
कालो केस छ रम्यता शरिरको त्यो सौर्यको पारख
बन्दै जान्छ सफेत त्यो यदी भने हो ज्ञान फल्ने रुख
साना वालखको तरंग महिमा सामग्री शिक्षा लिने
यै मात्रै बुझि काम गर्दछ भने त्यै हो अगूवा हुने ।। ३ ।।
भन्छन मानिस राष्ट्र सेबक म हुँ मेरो ठूलो देन छ
मेरै ताकतले सबै जनहरु चल्छन यही सान छ
भन्ने मात्र नभै गरौँन सबले क्यै काम यो धर्तिमा
माटोको रस माधुरी पवनले सुगन्धको धारमा ।। ४ ।।
दुःखै दुःख छ आज मानिस जति छन आश गर्नेहरु
कामैमा सब लाग्दछन यदि भने चाहिन्न केही अरु
मान्छे झैँ सही ढंगको लहरमा बाच्ने मिलेरै गरौँ
खोश्री पौरखले सजाई धरती भण्डार आफ्नै भरौँ ।। ५ ।।


