• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    भानुजन्मस्थललाई साहित्यिक पर्यटकीय क्षेत्र बनाउने श्रममन्त्री श्रेष्ठको योजना

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार ०८:४३

    २१ मंसिर, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय विभूति तथा आदिकवि भानुभक्त आचार्य जन्मेको तनहुँको चुँदी रम्घालाई साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न योजना अघि बढाउनुभएको छ । भानुभक्त तनहुँमा जन्मेका हुन् भनेर गौरव गर्नु बाहेक उल्लेखनीय काम हुन नसकेको अवस्थामा मन्त्री श्रेष्ठले चुँदी रम्घामा पुर्वाधार निर्माण, प्राकृतिक सौन्दर्यकरणको माध्यमबाट साहित्यिक तथा पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउने योजना अघि बढाउनुभएको हो ।
    तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य समेत रहनुभएका मन्त्री श्रेष्ठले भानुजन्मस्थलको साहित्यिक र पर्यटकीय महत्व भएकाले यसको संरक्षण, सम्वर्द्धन र विकासका लागि सरोकारवालाहरुसँग छलफल गरी योजनावद्ध रुपमा काम अघि बढाइने बताउनुभयो ।
    चुँदी रम्घालाई आकर्षक पर्यटकीय स्थलको रुपमा विकास गर्ने मन्त्री श्रेष्ठको योजनालाई इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सहयोग गर्ने जनाएको छ । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले रम्घामा आदिकवि भानुभक्तको विश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गरिने बताउनुभयो । मन्त्री श्रेष्ठको योजना सफल बनाउन आदिकवि जन्मघर शिखर कटेरीमा विश्वकै ठुलो पुर्णकदको सालिक निर्माण गर्न लागिएको उहाँले बताउनुभयो । विकसित मुलुकका प्रतिष्ठित साहित्यकारहरुका स्मृतिलाई संरक्षण गर्ने गरिएको बताउनुहुँदै अधिकारीले भानुभक्तको परिचय र योगदानलाई जीवन्त राख्न पुर्णकदको सालिक बनाउन लागिएको बताउनुभयो । तनहुँमा जन्मिएको भएपनि राष्ट्रकै गौरव भएकाले आदिकवि भानुभक्तको सम्झनामा पुर्णकदको सालिक निर्माणको योजना अघि बढेको उहाँको भनाइ छ ।
    पुर्णकदको सालिक निर्माणसँगै अन्य सम्पदाहरुको संरक्षण र विकासले चुँदी रम्घाको मुहार फेरिने र आकर्षक पर्यटकीय स्थलको रुपमा विकास हुने मन्त्री श्रेष्ठको विश्वास छ । आदिकवि भानुभक्त आचार्यको जन्म बि.सं. १८७१ असार २९ गते तनहुँको जिल्लाको चुँदी रम्घामा भएको हो । भानुभक्तले संस्कृत भाषामा रहेको रामायणलाई नेपाली भाषामा भावानुवाद गरी रामायणलाई पठनीय बनाउनुभएको थियो । आदिकवि भानुभक्तलाई नेपाली संस्कृति, भाषा र एकताका धरोहर मानिन्छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु