दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

बन्यजन्तु संरक्षणमा ‘द फेस’ मोडलहरु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २१ गते, मंगलवार १२:५२

काठमाडौं ।’यु क्यान फ्लाई’ को आयोजनामा राजधानीमा संचालित ‘द फेस’का प्रतिस्पर्धी मोडलहरु चितवनमा बन्यजन्तु संरक्षणको निम्ति एक र्‍यालीमा सहभागी भएका छन ।

‘द फेस’ मोडलहरू आ-आफ्नै रचनात्मक नारासहित प्लेकार्ड बोकेर वन्यजन्तु संरक्षण र्‍यालीमा सहभागी भएका थिए ।

नेपाली युवाहरूमाझ वन्यजन्तु संरक्षणको आवश्यकता र त्यसतर्फ सरोकारवालाहरुको ध्यानाकर्षण गराउने उद्देश्यसहित नयाँ दृष्टिकोण सहित फेसनलाई सामाजिक अभियानमा जोड्दै प्रदर्शन गरेको ‘द फेस’ का आयोजक संशद शाहले जनाए ।

‘लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिटबाट र्‍यालीलाई कार्यक्रम संयोजक सुप्रिया थापाले झण्डा देखाएर शुभारम्भ गरेकी थिईन । नारायणी नदीमा पुगेर समापन भएको उक्त र्‍यालीको मुख्य उद्देश्य वन्यजन्तु संरक्षण र वन क्षेत्र बढाउन चेतना जगाउनु रहेको थियो ।

लेक ट्वान्टी थाउजेन्ड फार्म एन्ड रिट्रिट’का संचालक देवेन्द्र लोहनीसंगको सहकार्यमा र्‍याली संगै ‘द फेस’ का प्रतियोगी मोडलहरु बीच लघु चलचित्र प्रतियोगिता समेत सम्पन्न भएको थियो । उक्त कार्यलाई प्रोत्साहित गर्दै ‘म्यान विथ भिजन’ र ‘व्युटी विथ पर्पस’ को अवार्डले सर्वोत्कृष्ट भिडियो छनौट गरि सम्मान प्रदान गरिने आयोजकले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु