दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

यो धर्तिको रक्षण

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २२ गते, बुधबार ८:११

–शिव अधिकारी

यौटा पौरख चाहियो सब मिली गर्नु जरुरी भयो
साच्चै यो अभियान बन्न नसके संसार ध्वस्तै छयो
हिमाली शिर धर्तिको किन बन्यो बुझ्नु सबैले अब
यो छानो यदि ध्वस्त भो यदी भने बन्नेछ यो रौरव ।। १ ।।

यो जानी कन हिम छादित कला यो धर्तिको सिर्जन
संसारै मिली गर्नु रक्षण छिटै शौभाग्य शाली हुन
यो छानो यदि भत्किए मछु परै क्यै हुन्न भन्छौ भने
देखौला ए अमेरिका अनि सबै कस्को सहारा लिने ।। २ ।।

यो हो देश नेपाल खाली सबले गरिब भन्छौ किन
यस्तो देश कतै भए अरु कतै कस्तो त्यो लौ भन
मात्रै युद्ध भूमि बनाउन भनि आँखा लगायौ भने
आफै ध्वस्त हुने छ आखिर छिटै ती दिन आफ्नै गने ।। ३ ।।

यै जानी पट मूर्ख झै नवनिद्यौ आएर सेवा गर
छानो स्वच्छ छ धर्तिको बुझि लिनु यो हो सबैको घर
यो छानो अब ध्वस्त भो यदी भने को हुन्छ बाचिरने
ज्वाला बन्दछ धर्ति नै यदी भने कस्को सहारा लिने ।। ४ ।।

बाटो स्वच्छ बनाउ धर्ति भरिका प्राणी गरि रक्षण
बस्ती स्वर्ग समान हुन्छ बुझलौ रोक्यौ भने कार्बन
धर्ति यो हिमछाद्यता बनिरहे गुञ्जिन्छ सन्तुलन
बाचौँ बाँच्न सिकौँ सबै जुटी गरौ यो धर्तिको रक्षण

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु