दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

उज्यालो टाईम्सको निर्देशकमा हरिबहादुर भुजेल चयन

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २२ गते, बुधबार ११:०४

भरतपुर।उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.को भरतपुरस्थित जमघट होटलमा बसेको विशेष बैठकले भरतपुर–६, गीतानगर चितवन निवासी हरिबहादुर भुजेललाई निर्देशक पदमा चयन गरेको छ ।
उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का अध्यक्ष राजु भट्टको अध्यक्षतामा सम्पन्न बैठकले लामो समयसम्म व्यवसायमा आफ्नो समय व्यतित गरी सामाजिक क्षेत्रमा योगदान पु¥याउनु भएका भुजेललाई प्रा.लि.को निर्देशक जस्तो गरिमामय पदमा चयन गरिएको हो ।

उज्यालो टाईम्स मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा.लि.का प्रबन्ध निर्देशक राकेशमान श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा प्रा.लि.का निर्देशक अनिलकुमार श्रेष्ठले मिडियाले विगतका दिनहरुमा गर्दै आएका कार्यक्रमहरुले सामाजिक क्षेत्रमा योगदान पु¥याएको र अझै यसका गतिविधिहरुलाई परिस्कृत गर्दै अघि बढ्न समेत आग्रह गर्नुभयो ।

त्यस्तै निर्देशक पुष्प श्रेष्ठले उज्यालो टाईम्स मिडियाले सञ्चार क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको र आफ्नो तर्फबाट मिडियालाई आवश्यक सल्लाह, सुझाव सँगै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
मिडियाले आफूलाई महत्वका साथ निर्देशक पदमा चयन गरेकोले प्रा.लि.लाई विशेष धन्यवाद व्यक्त गर्दै भुजेलले आफ्नो तर्फबाट मिडिया क्षेत्रको प्रबर्धन र उन्नतिका लागि पहल रहने बताउनुभयो ।
कार्यक्रमलाई प्रा.लि.का निर्देशक डोलबहादुर कार्की (अविनाश)ले धन्यवाद मन्तव्य सहित समापन गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु