
–शिव अधिकारी
भन्छन मानिस यो ब्रह्माण्ड छ ठूलो जानी नसक्नु किन
यै छाया छवि भित्र छौँ सब जना खोज्छौ सहारा लिन
कोही छन धन वेसरी चुलि हुँदै पोखिन्छ जस्तो गरि
भर्छन जे जति पाउँछन सतहमा आफ्नै भकारी भरि ।। १ ।।
छन धेरै जन कल्पिदै सडकमा भोका दरिद्रि बनि
माग्छन भिष सरी कुनै धनि पुगि दिदैन केही पनि
छानो शित न ओतिने छ नभको प्रकृतिकै आडमा
काट्छन रात कठांग्रिदै ति विचरा बाँच्ने ठूलो आशमा ।। २ ।।
भाग्य चक्र सरी छ जोतिस पनि भन्छन छ है दुर्दसा
युगौ युग विते पनि न कहिल्यै मेटिन्न त्यस्तो दशा
यस्तै कण्ठ कठास्थ छन ति महिमा धनिहरुको धुरी
अग्लेकै छ यहाँ सबै महलमा उन्कै छ चुरी फुरी ।। ३ ।।
यिन्कै लागि गरिवले श्रमगरे थुप्रो भयो सम्पत्ति
त्यस्कै मोज र मस्ति भो टुलुटुलु भोग्ने बन्यो आपत्ति
केही आश्रय पाउँछु भनि भनि गरिवको आशमा
डस्ने नियती शीतको सिरक हो ओडेर यो माघमा ।। ४ ।।
आफै मात्र ठूलो महान हुँ भनि संसार हाक्नेहरु
फुर्ति हाँकी विमानमा उडिरने डाका भनौ की बरु
यो षढयन्त्र चुडेर मानिस सबै सुखी हुने के गरी
सोचौँ काम गरौ समान हकको आधार बन्ने गरी ।। ५ ।।


