दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कांग्रेसका नेता विश्वकर्माद्धारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा, आर्थिक–सामाजिक रुपान्तरणका लागि देउवालाई नै सभापतिमा जिताउन अपिल

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २३ गते, बिहीबार १९:३४

काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने स्पष्ट पारे । पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।
स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए । आफ्ना नेपाली नागरिकहरुले अन्य देशमा गएर कमाएर ल्याएमा देश समृद्ध हुने उनको भनाई थियो ।
उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि औंल्याए । नेपालको आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा भएको उनको भनाई थियो । देउवा पराजित भएमा मुलुकको राजनीतिको नेतृत्व पनि बदल्नुपर्ने भन्दै मुलुकको राजनीति बदल्नुपरेमा मुलुक अस्थिरतातिर जाने उनले जिकिर गरे । नेतृत्व परिवर्तन भएमा सरकार बदलिने र सरकार बदलिएमा निवार्चन अनिश्चित् हुने उनले धारणा राखे । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुने उनको भनाई थियो ।
दलितको ८ प्रतिशत सहभागिता हुनुपर्नेमा कांग्रेसमा जम्मा ५ प्रतिशत मात्र भएको उल्लेख गर्दै आफु सह–महामन्त्रीमा निर्वाचित भए ८ प्रतिशत सहभागिता पुर्याउन जोड दिनेपनि प्रतिबद्धता गरे ।
‘नेपाली कांग्रेसका सभापति देउवालाई जिताइदिनुहोस्, नेपालका आर्थिक–सामाजिक रुपान्तरणका नायक नै शेरबहादुर देउवा हुन् । अहिले सिंगो नेपालको राजनीतिको नेतृत्व गर्नुभएको छ । काग्रेसको नेतृत्व देउवाले गर्नुभएको छ । यदि कांग्रेसको नेतृत्व बदलिएमा मुलुकको राजनीतिको नेतृत्व बदल्नुपर्छ ।’–नेता विश्वकर्माले भने,‘राजनीति बदल्नुपरेमा मुलुकको राजनीति नै बदल्नुपर्छ । मुलुकको राजनीति बदल्नुपरेमा मुलुक राजनीतिक अस्थिरतातिर जान्छ र सरकार बदलिन्छ । सरकार बदलिएमा निवार्चन अनिश्चित् हुन्छ । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुन्छ ।’
भोलिको दिनमा पनि आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा नै भएकोले अहिले सभापतिमा देउवालाई भोट दिन पनि उनले अपिल गरे । उनले भने,‘कांग्रेसको नेतृत्व बदलिएमा देशकै राजनीति खलबलिनै भएकोले देशलाई बचाउन र संसद्को पुरा आयुको लागि देउवालाई भोट दिनुहोस् ।’
‘जमिन जोत्नेको हुन्छ, घर पोत्नेको हुन्छ’ भन्दै आर्थिक क्रान्तिको लागि आर्थिक–सामाजिक क्रान्तिको नारा लगाएर १०४ वर्षको राणा शासनलाई जम्मा ३ महिनाको सशस्त्र क्रान्तिले थला पार्नसक्ने नेपाली कांग्रेस शक्तिशाली भएको बताउँदै उनले भने,‘कांग्रेसको कार्यकर्ता हुँ भन्दा आज मलाई निकै गर्व लाग्छ ।’
नेता विश्वकर्माले कांग्रेस समावेशी पार्टी भएको पनि उल्लेख गरे । उनले सबै समुहलाई सशक्त रुपमा अगाडि बढाउने कांग्रेसले दलित राष्ट्रिय आयोगको गठन गरेको पनि स्मरण गराए । उनले देउवाको प्यानलबाट केही साथीहरुले पनि केन्द्रीय सदस्यतामा उम्मेदवारी भोलि घोषणा गर्ने जनाए ।
बिमलेन्द्र निधिको सभापति पदको उम्मेदवारीको बारेमा उनले भने,‘पार्टी सभापति देउवाले निधिबाट पुग्ने क्षतिपुर्ति अन्यत्रबाट गर्ने व्यवस्था गरेकोले खासै ठुलो क्षति पुग्दैन् ।’
कांग्रेसको विचार बहुदलीय शासन प्रणाली भएको उल्लेख गर्दै उनले सबै जाति, धर्म र सम्प्रदायका मानिसहरुको मुलुक भएकोले सबैलाई नेपाली कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
संविधानले प्रदान गरेको दलित, महिला आदिवासी–जनजाति, मधेसी, थारु, मुस्लिम, खस, आर्य, अपांग, अल्पसंख्यक वा पिछडिएको वर्ग र क्षेत्रको हकअधिकार यथाशिघ्र कार्यान्वयनमा आवश्यक पहल नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको मत रहेको छ। सदियौंदेखि जातिय, क्षेत्रिय तथा लैगिंक विभेदबाट पिल्सिएका जनसमुदाय समानताको मुद्दा समुदायको मुद्दामात्र नभएर सिंगो कांग्रेस पार्टीको राष्ट्रिय मुद्दा हुनुपर्ने भन्ने उनले अडान राखेका छन् ।
१४औं महाधिवेशनबाट पार्टीलाई सबै पहिचानका नेपालीको एकमात्र साझा पार्टी नेपाली कांग्रेस भन्ने जन–जनको मनमनमा स्थापित गराउनुपर्दछ यसका लागि प्रारम्भिक सदस्यतादेखि तहसम्म सबै पहिचानको प्रतिनिधित्व र नेतृत्व हुनु आवश्यक छ भन्ने उनले एजेन्डा अघि सारेका छन् ।
त्यस्तै, कार्यक्रममा केन्द्रीय सदस्यको उम्मेदवार लक्ष्मी परियारले नेपाली कांग्रेस पुरानो र समावेशी पार्टी भएको उल्लेख गर्दै यसपटक पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको स्पष्ट पारिन् ।
मिन विश्वकर्मा बौद्धिक व्यक्तित्व भएको भन्दै उनले भनिन्,‘पार्टीभित्रका सम्पुर्ण दलित समुदायका व्यक्तिहरुको प्रतिनिधित्व गर्दै उहाँहरुको सल्लाह अनुसार सह–महामन्त्री पदको उम्मेदवारी दिन लाग्नुभएको हो ।’ दलित समुदायको उत्थानको लागि मीन विश्वकर्मालाई मत दिन पनि उनले अपिल गरिन् । परियारले दोस्रो पटक दलित÷महिला तर्फबाट केन्द्रीय सदस्य उम्मेदवारी दिन लागेकी हुन् ।
उम्मेद्धवारी घोषणा कार्यक्रममा केन्द्रीय सदस्यका आंकाक्षीहरु विष्णुमाया परियार, हरिशरण नेपाली, रामकृष्ण लकान्द्रीलगायतको उपस्थिति थियो ।

कांग्रेसका नेता विश्वकर्माद्धारा सह–महामन्त्रीमा उम्मेदवारी घोषणा, आर्थिक–सामाजिक रुपान्तरणका लागि देउवालाई नै सभापतिमा जिताउन अपिल (भिडिओसहित)
काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने स्पष्ट पारे । पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।
स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए । आफ्ना नेपाली नागरिकहरुले अन्य देशमा गएर कमाएर ल्याएमा देश समृद्ध हुने उनको भनाई थियो ।
उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि औंल्याए । नेपालको आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा भएको उनको भनाई थियो । देउवा पराजित भएमा मुलुकको राजनीतिको नेतृत्व पनि बदल्नुपर्ने भन्दै मुलुकको राजनीति बदल्नुपरेमा मुलुक अस्थिरतातिर जाने उनले जिकिर गरे । नेतृत्व परिवर्तन भएमा सरकार बदलिने र सरकार बदलिएमा निवार्चन अनिश्चित् हुने उनले धारणा राखे । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुने उनको भनाई थियो ।
दलितको ८ प्रतिशत सहभागिता हुनुपर्नेमा कांग्रेसमा जम्मा ५ प्रतिशत मात्र भएको उल्लेख गर्दै आफु सह–महामन्त्रीमा निर्वाचित भए ८ प्रतिशत सहभागिता पुर्याउन जोड दिनेपनि प्रतिबद्धता गरे ।
‘नेपाली कांग्रेसका सभापति देउवालाई जिताइदिनुहोस्, नेपालका आर्थिक–सामाजिक रुपान्तरणका नायक नै शेरबहादुर देउवा हुन् । अहिले सिंगो नेपालको राजनीतिको नेतृत्व गर्नुभएको छ । काग्रेसको नेतृत्व देउवाले गर्नुभएको छ । यदि कांग्रेसको नेतृत्व बदलिएमा मुलुकको राजनीतिको नेतृत्व बदल्नुपर्छ ।’–नेता विश्वकर्माले भने,‘राजनीति बदल्नुपरेमा मुलुकको राजनीति नै बदल्नुपर्छ । मुलुकको राजनीति बदल्नुपरेमा मुलुक राजनीतिक अस्थिरतातिर जान्छ र सरकार बदलिन्छ । सरकार बदलिएमा निवार्चन अनिश्चित् हुन्छ । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुन्छ ।’
भोलिको दिनमा पनि आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा नै भएकोले अहिले सभापतिमा देउवालाई भोट दिन पनि उनले अपिल गरे । उनले भने,‘कांग्रेसको नेतृत्व बदलिएमा देशकै राजनीति खलबलिनै भएकोले देशलाई बचाउन र संसद्को पुरा आयुको लागि देउवालाई भोट दिनुहोस् ।’
‘जमिन जोत्नेको हुन्छ, घर पोत्नेको हुन्छ’ भन्दै आर्थिक क्रान्तिको लागि आर्थिक–सामाजिक क्रान्तिको नारा लगाएर १०४ वर्षको राणा शासनलाई जम्मा ३ महिनाको सशस्त्र क्रान्तिले थला पार्नसक्ने नेपाली कांग्रेस शक्तिशाली भएको बताउँदै उनले भने,‘कांग्रेसको कार्यकर्ता हुँ भन्दा आज मलाई निकै गर्व लाग्छ ।’


नेता विश्वकर्माले कांग्रेस समावेशी पार्टी भएको पनि उल्लेख गरे । उनले सबै समुहलाई सशक्त रुपमा अगाडि बढाउने कांग्रेसले दलित राष्ट्रिय आयोगको गठन गरेको पनि स्मरण गराए । उनले देउवाको प्यानलबाट केही साथीहरुले पनि केन्द्रीय सदस्यतामा उम्मेदवारी भोलि घोषणा गर्ने जनाए ।
बिमलेन्द्र निधिको सभापति पदको उम्मेदवारीको बारेमा उनले भने,‘पार्टी सभापति देउवाले निधिबाट पुग्ने क्षतिपुर्ति अन्यत्रबाट गर्ने व्यवस्था गरेकोले खासै ठुलो क्षति पुग्दैन् ।’
कांग्रेसको विचार बहुदलीय शासन प्रणाली भएको उल्लेख गर्दै उनले सबै जाति, धर्म र सम्प्रदायका मानिसहरुको मुलुक भएकोले सबैलाई नेपाली कांग्रेस बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
संविधानले प्रदान गरेको दलित, महिला आदिवासी–जनजाति, मधेसी, थारु, मुस्लिम, खस, आर्य, अपांग, अल्पसंख्यक वा पिछडिएको वर्ग र क्षेत्रको हकअधिकार यथाशिघ्र कार्यान्वयनमा आवश्यक पहल नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको मत रहेको छ। सदियौंदेखि जातिय, क्षेत्रिय तथा लैगिंक विभेदबाट पिल्सिएका जनसमुदाय समानताको मुद्दा समुदायको मुद्दामात्र नभएर सिंगो कांग्रेस पार्टीको राष्ट्रिय मुद्दा हुनुपर्ने भन्ने उनले अडान राखेका छन् ।
१४औं महाधिवेशनबाट पार्टीलाई सबै पहिचानका नेपालीको एकमात्र साझा पार्टी नेपाली कांग्रेस भन्ने जन–जनको मनमनमा स्थापित गराउनुपर्दछ यसका लागि प्रारम्भिक सदस्यतादेखि तहसम्म सबै पहिचानको प्रतिनिधित्व र नेतृत्व हुनु आवश्यक छ भन्ने उनले एजेन्डा अघि सारेका छन् ।
त्यस्तै, कार्यक्रममा केन्द्रीय सदस्यको उम्मेदवार लक्ष्मी परियारले नेपाली कांग्रेस पुरानो र समावेशी पार्टी भएको उल्लेख गर्दै यसपटक पार्टी सभापति शेरबहादुर देउवाको प्यानलबाट आफुले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको स्पष्ट पारिन् ।
मिन विश्वकर्मा बौद्धिक व्यक्तित्व भएको भन्दै उनले भनिन्,‘पार्टीभित्रका सम्पुर्ण दलित समुदायका व्यक्तिहरुको प्रतिनिधित्व गर्दै उहाँहरुको सल्लाह अनुसार सह–महामन्त्री पदको उम्मेदवारी दिन लाग्नुभएको हो ।’ दलित समुदायको उत्थानको लागि मीन विश्वकर्मालाई मत दिन पनि उनले अपिल गरिन् । परियारले दोस्रो पटक दलित÷महिला तर्फबाट केन्द्रीय सदस्य उम्मेदवारी दिन लागेकी हुन् । उम्मेद्धवारी घोषणा कार्यक्रममा केन्द्रीय सदस्यका आंकाक्षीहरु विष्णुमाया परियार, हरिशरण नेपाली, रामकृष्ण लकान्द्रीलगायतको उपस्थिति थियो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु