• पाकिस्तानी राजदूतावास, काठमाडौँले ७५ औं स्वतन्त्रता वर्षको अवसरमा “नेपाल और उर्दू अदब” शीर्षकको साहित्यिक कार्यक्रम आयोजनाएमालेले एक्लै बहुमत ल्याउँछ, जनता पनि एमालेलाई मतदान गर्न चुनावको प्रतिक्षामा छन् ः युवराज ज्ञवाली१८ वडाबाट एसईई उतिर्ण २४ विद्यार्थी सम्मानितआज मिति २०७९ साउन २८ गते, शनिवारको राशिफलEmbassy of Pakistan, Kathmandu organized a literary event titled “Nepal Aur Urdu Adab”टान प्रथम उपाध्यक्षमा देवेन्द्र पोखरेलको उम्मेदवारीटान कोषाध्यक्षमा महिला उद्यमी प्रमिला देवकोटा (पाण्डे) कोे उम्मेदवारीपछिल्लो २४ घण्टामा देशभर थप ७८१ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टिबृहत् स्वतन्त्र राष्ट्रिय अभियानले भन्यो–‘मंसिर ४ गतेको निर्वाचनमा हामी ‘लौरो’ चिन्हबाट चुनाव लड्छौं’यस वर्षपनि रिपोर्टर्स क्लब नेपालद्धारा गाईजात्राविशेष साक्षात्कार आयोजना,

    अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पन्थको घोषणा

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार २०:१२

    काठमाडौँ, २३ मङ्सिर: नेपाली कांग्रेसका युवा नेता प्रकाश पन्थले पार्टीको १४औँ महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्य पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । उनले लोकतन्त्रवादी, अपाङ्गता अभियन्ता र पार्टीका कार्यकर्ताको हैसियतले महाधिवेशनमा अपाङ्गतातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरे ।

    पार्टीको ऐतिहासिक महाधिवेशनको सुखद अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै राष्ट्रियसभा सदस्यसमेत रहेका नेता पन्थले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानका लागि कार्यकर्ताको सदासर्वदा साथ सहयोग पाउँदै आएको अवगत गराएका छन् ।

    शिक्षा, स्वास्थ्य, रोजगार, सामाजिक सुरक्षा जस्ता दर्जनांै मुद्दा, सवाल अझै सम्बोधन र सुनिश्चित् हुन नसकेको उल्लेख गर्दै उनले संविधान र मौलिक हकको प्रभावकारी कार्यान्वयनका लागि जोड दिए । अपाङ्गता भएका व्यक्तिको आफ्नै कठिन भोगाइ र सिकाइलाई कांग्रेस पार्टी र राज्यको नीति निर्माणमा समावेश गर्न, अपाङ्गता भएका व्यक्तिको पहिचान गर्न, उनीहरूको अधिकार सुनिश्चित गर्न र समाजका सबै क्षेत्रको साथ सहयोग जुटाई अपाङ्गता व्यक्तिको अधिकार प्राप्तिका लागि आफनो उम्मेद्वारी भएको उनले स्पष्ट पारे ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु