
–शिव अधिकारी
धर्ति डम्म छ कार्वनी लहरले मानिस छन दुःखमा
यो संकष्ट गनिन्न सक्छ र कुनै भोगिन्छ यै युगमा
आशै आश छ दुःखको लहर यो मेट्ने छिटै के गरि
कस्तो शक्ति उदाउदा सब कुरा होलान सुविधा भरि ।। १ ।।
कामै बन्छ विवेक बुद्धि बलले क्यै गर्न लागे सब
यदी हुन्न त्यसो भने जनहरु होलान दुःखिया अब
भ्रष्टाचार छ व्याप्त विश्व भरिनै यो देश झन भासियो
सामाजिक सुरम्य सिर्जन कला हो स्वार्थले मासियो ।। २ ।।
हाम्रा मन्दिरका कथा कुसुमका सारा सुसस्कार हुन
बेच्दै मूर्ति धनि भए जति सबै यो धर्तिका बोझ छन
प्राकृतिक छटा सुरम्य रटना यो युग चम्काउने
देख्छु छरपट अस्त व्यस्त छ सबै यो देश अग्ल्याउने ।। ३ ।।
आगो झोसी डढेछ ताडहरुका ति पत्र जे लेखियो
हाम्रा नाथ पशुपति नजिकको भण्डार नै रित्तियो
आगो निहु थियो नृपाशुर छि¥यो सम्पत्ति कुम्ल्याउन
यस्तो संपत्ति नष्ट पारी जनको भण्डार रित्याउन ।। ४ ।।
लागे रक्त पिपासु आज जनको हुर्मत लिदै छन अझ
भ्रष्टाचार छ यो भयो कसरी यो आजै सबैले बुझ
देशै बन्दछ भ्रष्टाचार नभए संसारकै सुन्दर
शान्ति क्षेत्र यही छ बुद्ध महिमा यस्तो अरु कुन्छर ।। ५ ।।


