• एनआरएनए आईसिसीमा अस्ट्रेलियाबाट गणेश केसीले उपाध्यक्षमा उम्मेदवारी दिनेमधेश प्रदेश नाम राखेकोमा चुरेभावर लोकतान्त्रिक पार्टीको विरोधआज नेप्से ३८.३५ अंकले घटेर दुई हजार ८ सय ९८ दशमलब ३१ विन्दुमानेकपा (माओवादी केन्द्र समाजवादी) द्धारा आगामी २ वर्षभित्र कम्युनिष्ट सम्मेलन गर्ने घोषणा, यस्तो छ उद्देश्यनिर्वाचनको डरबाट मुक्त हुन प्रधानमन्त्री देउवालाई आग्रह गर्छु, सडक संघर्षबाट निर्वाचनको लागि बाध्य पार्नु नपरोस : पोखरेलनिर्वाचनको हकमा संविधान वा कानूनको परिधिभन्दा एक दिन पनि बाहिर नजाने भन्ने प्रधानमन्त्रीको चाहना छ : मीन विश्वकर्मानम्रता अर्यालको अभिनयमा "निस्ठुरी माया बोलको म्युजिक भिडियो सार्वजनिकदेश बनाउने रहर भन्छन मानिससार्वजनिक स्थानमा हिँडडुल गर्न खोपकार्ड अनिवार्यमध्य तराईमा दिन प्रतिदिन चिसो बढ्दै

    राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाइ

    न्यूजलाईन्स् मिडिया संवाददाता
    प्रकाशित मिति : २४ मंसिर २०७८, शुक्रबार १८:४९

    काठमाडौ ।राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई नेपाल जुडो संघले शुक्रबार बधाइ दिएको छ । सदस्य–सचिव घिसिङलाई त्रिपुरेश्वरस्थित कार्यकक्ष भेट गरी जुडो संघका पदाधिकारीले बधाइ दिएका हुन् ।
    जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, ओलम्पियन देवु थापालगायतका पदाधिकारीले सदस्य–सचिव नियुक्त भएकोमा बधाइ दिदै कार्यकाल पूर्ण सफलताका लागि शुभकामना दिए ।
    सो अवसरमा संघका पदाधिकारीले सदस्य–सचिव घिसिङलाई जुडो संघले हासिल गरेको उपलब्धी, प्रशिक्षकको अवस्था, प्रशिक्षण स्थलको समस्या, नेपालगन्जको जुडो एकेडेमीको अवस्थालगायतबारे अवगत गराएका थिए ।
    सदस्य–सचिव घिसिङले प्रशिक्षण स्थलका विषयमा तत्काल बुझेर आवश्यक कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै अन्यको हकमा के गर्न सकिन्छ भन्नेमा छलफल गर्ने बताए ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु