दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

फेशन फरवार्ड चितवन २०२१ को पहिलो अडिसन सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २५ गते, शनिबार १९:१४

भरतपुर/फेशन र मोडलिङको क्षेत्रमा व्यवसायिक रुपमा काम गर्दैै आएको कसमस इभेन्टले युवायुवतीहरुमा लुकेका प्रतिभाहरुलाई उजागर गर्ने उद्देश्य अनुरुप शनिबार आईल्याण्ड जंगल रिसोर्टमा फेशन फरवार्ड चितवन २०२१ को पहिलो अडिसन सम्पन्न गरेको छ ।

कसमस इभेन्टकी प्रमुख कार्यकारी निर्देशक रिजु श्रेष्ठको संयोजनमा सम्पन्न पहिलो अडिसनमा जिल्लाभरीबाट ३० जनाको सहभागिता रहेको थियो । अडिसनमा लामो समयदेखि मोडलिङ र फेशनको क्षेत्रमा आफ्नो अनुभव सम्हाल्नु भएका युवा व्यवसायी एवम् समाजसेवी राकेशमान श्रेष्ठ प्रमुख निर्णायकको भूमिका रहनुभएको अडिसनमा बरिष्ठ एवम् चर्चित सञ्चारकर्मी राजु भट्ट र मिस राइजिङ चितवन २०२१ की बिजेता आयुसा चापागाई निर्णायकको भूमिकामा रहनु भएको थियो ।

अडिसनबाट सेलेक्ट भएका प्रशिक्षार्थीहरुलाई इन्डोर र आउटडोर फोटोशुट, सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु, व्यक्तित्व विकासका कक्षहरु उपलब्ध गराईने कसमस इभेन्टकी निर्देशक विपना घलेले जानकारी दिनुभयो ।कसमस फोटोग्राफीका फोटोग्राफर सुजन अधिकारीले अडिसनको छायाँकन गरेको प्रतियोगितामा वविन गिरी, प्रकृति महत्तो, सुनिल विश्वकर्मा, अनिल खत्री, सरिता परियार, पवन श्रेष्ठले सहजीकरणको भूमिका निर्वाह गरेका थिए ।अडिसन पछि नविन विश्वकर्मा र शैलेस क्षेत्रीले प्रतियोगिताको कोरियोग्राफर गर्ने कसमस इभेन्टकी प्रमुख कार्यकारी निर्देशक रिजु श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु