दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

नेता हो

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २६ गते, आईतवार ७:२४

–शिव अधिकारी
नेता हो अव बन्नु पर्छ दुनिया आफू नबन्नु बरु
सोच्नु देश बन्यो भने गरिव क्वै बाकी रहन्नन् अरु
बारि खोश्रिन पर्छ ताकत जति खाडी नजाने गरि
बन्दै गर्नु विदेशको श्रम लिला पर्खाल लाए सरी ।। १ ।।

धेरै भो श्रमको पहाड चुलियो खाडी पुगे ताकत
खाडीमै कति पोखियो श्रम कठै भत्काई विरासत
यस्तो भो किन बुझ्नु मै हु तिमी चै भन्छौ ए नेता गण
युवाको दुःख कष्ट बुझ्नु अब लौ गर्मि बढेको क्षण ।। २ ।।

कामै गर्नु छ ताप बढ्छ तर त्यो बाच्नु छ आफै पनि
छाडेको दुःख दर्द गाउँ घरको संझी सुधार्छौ भनि
साहुको ऋृण दुःख दर्द घरको माता पिताको पिडा
आफ्नै प्रेयसीको छ दुःख गहिरो सन्तानको झन कडा ।। ३ ।।

यै नास्ने भनि खाडि पस्दछ युवा छाडेर गाउँ घर
कोही हुन्न युवा ति बृद्ध बबुरा कस्को लिने हुन् भर
यस्तो जो छ दशा बुझेर अगुवा नेताहरु हो सब
आजै क्यै शुरु गर्नु पर्दछ नयाँ उद्योग आफ्नै अब ।। ४ ।।

देशै यो जब औद्योगिक हुनमा तिम्रै छ मौका यहाँ
संस्था जे जति खोजी स्थपित गरे ऐल्यै ति जो छन्जहाँ
यतिमात्र गरेउ भने तिमीहरु संन्मान नै पाउला
आफै मात्र धनि हुने मति लिए बाँधेर झुण्ड्याउँला ।। ५ ।।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु