
–शिव अधिकारी
प्रितिको लहराउदो सलिलता आधार मिठो बनि
ओर्लिरैछ अनेक कष्ट सहदै यै स्वर्ण आभा मनि
मैले पोखिनु पर्दथ्यो लहरमा को छन दुःखियाहरु
तिन्कै दर्द हटाउने कुची हुँदैै म एकलो के गरु ।। १ ।।
जे जे छन परिवेशमा प्रकृतिका खोजेर राम्रो गरि
केही प्रगतीका मिठा पलसंगै साटेर राखे सरी
गर्ने आँट र शीप छैन जनको जान्दैन त्यो के छर
जान्ने भो शठ चाटुकी गफ गरी ठग्ने न खोज्नु पर ।। २ ।।
नेता तेही छ जान्न सक्छ दुनिया झुक्याउने औषधी
विकास गर्दछु भन्छ मै छु गतिलो मै राख्दै दुनिया पिधी
कोही हुन्न अरु म मात्र छु यहाँ भाग्य सपार्ने गरि
आएको छु जिताउ भन्छ दुनिया झुकिन्छ त्यसै घरी ।। ३ ।।
जित्तै जान्छ ठुलो उ हुन्छ बरिलै मन्त्रि र के के अरु
फर्किदैन कदापी गाउँ घरमा क्वै दुःख छेक्ने हरु
यस्तै कर्म कु कर्मको लहरमा मान्छे दुःखिया बने
देशै ध्वस्त भएपनि ठगहरु सम्पन्नशाली हुने ।। ४ ।।
यस्तो साशन चाहिदैन अब लौ अर्कै नयाँ चालमा
गर्नु पर्छ विकास देश दुनियाँ जागुन यसै सालमा
मासौ भ्रष्ट जति खुँखार युगका विनास कारी सबै
साशन होस जनता जुटौ अब छिटै विकास होला खुबै ।। ५ ।।


