दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

तेक्वान्दो छनोट सम्पन्न

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २७ गते, सोमबार २०:०८

काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भयो ।
जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो । दुवै प्रतियोगिताका लागि समान ११–११ पुरुष÷महिला खेलाडी छनोट भए । एकदिने दुवै छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको थियो । जुनियर प्रतियोगिताका लागि छनोट भएका खेलाडीले सीधै त्यही प्रतियोगितामा सहभागिता जनाउने छन् । अर्को प्रतियोगिताका लागि खेलाडी पहिले काठमाडौं जिल्ला छनोट प्रतियोगिता खेल्नु पर्ने छ ।
जुनियर प्रतियोगिता पुस ३ देखि ५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदैछ । अर्को प्रतियोगिता माघ हुने तर स्थान तय भइसकेको छैन । छनोट भएका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, आयोजक समितिका अध्यक्ष सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु