
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले सुरुवाति अग्रता लिएका छन् ।
राष्टिय सभागहृमा प्रदेश २ बाट मतगणना सुरु भएको थियो । २५० मत गणना गर्दा देउवाले १३२ मत पाएका छन भने डा. शेखर कोइरालाले ८१ मत पाएका छन् । यस्तै प्रकाशमान सिंहले २२, विमलेन्द्र निधिले १२ र कल्याण गुरुङले एक मत पाएका छन् ।


