दक्षिण एसियाली आईटीएफ तेक्वान्दोको तयारी पूरा⚡हरिबोधनी एकादशी आज : तुलसी विवाहदेखि माङ्गलिक कार्यको शुभारम्भसम्म⚡महायज्ञमा रोका परिवारको प्रेरणादायी सहयोग : शिक्षा सुधारका लागि १६ लाख ६६ हजार ६६६ रुपैयाँ दान⚡सौन्दर्य व्यवसायमा स्प्राकलको छलाङ, पहिलो र दोस्रो शाखा दुवै महराकै हातबाट उद्घाटन⚡बहिरा फुटबल टोली दक्षिण कोरिया जाने⚡जिग्री सेकुवाको १०औँ तथा सबैभन्दा ठूलो आउटलेट धुम्बाराहीमा⚡दोहामा एनआरएनए मध्यपूर्व सम्मेलनको तयारी अन्तिम चरणमा⚡अभियान लघुवित्तको वार्षिकोत्सवमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग⚡कर प्रणालीलाई लगानी, उत्पादन र रोजगारी प्रवर्द्धनको माध्यम बनाउनुपर्छ : चेम्बर अध्यक्ष अग्रवाल⚡पश्चिमी वायुको प्रभाव कायमै, हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

हराय सरी हुन्छु

न्यूजलाईन्स् मिडिया संवाददाता
प्रकाशित मिति : २०७८ मंसिर २८ गते, मंगलवार ६:४४

–शिव अधिकारी
म हराय सरी हुन्छु आफै कुनै दिन
पराय भएँकी विरानु छ आगन
गर्नै के सके देशको लागि भन्दै
वितिरैछ जिवन कठै दिन गन्दै
जहाँ संपत्तिकै तमासा म देख्छु
कथा दुःखमा छन उनैको म लेख्छु
म हराय सरी हुन्छु आफै कुनै दिन
पराय भएँकी विरानु छ आगन

म चाहन्न आफ्नै यही आगनीमा
झरु देख्छु भोकाहरु छन पिडामा
म के गर्न सक्छु कठै ति दुःखी छन
दुःख के नबुझ्नेहरु लुट्न लाग्न
म हराय सरी हुन्छु आफै कुनै दिन
पराय भएँकी विरानु छ आगन

को हेर्ने गरिवी कसोरी हटाउँ
सबै नेपाली नै यो देशमै अटाउँ
मलाई यही मात्र रहर बन्न लाग्यो
धनिको ढिकुटी जहर झै गनायो
म हराय सरी हुन्छु आफै कुनै दिन
पराय भएँकी विरानु छ आगन

म खोजी रहेछु सबै एक हुँदै
गरौँ काम आफ्नै दुःखी क्वै नहुँदै
सबै बाडी खाँउ जे जे फल्छ
कुनै हुन्न भोको भने देश बन्छ
म हराय सरी हुन्छु आफै कुनै दिन
पराय भएँकी विरानु छ आगन

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु