
देवु पराजुली
मेरी छोरी मेरो घरमा भोली पनि राजकुमारी नै हुन्छे।
मेरी छोरी अन्माए पछि
मेरो घर निस्याइलो भयो,
सुनसान र उराठ लाग्दो भयो।
अघि सम्म घन्किएका बाजाहरु
मघुरो स्वर हुदै सुन्यमा बिलाए।।
आगनीमा उफ्रिदै खेल्ने मेरी छोरी
चिच्चाएर खुशी व्याक्त गर्दै हास्ने उसको हासो
कहिल्यै मधुरो हुन दिईन मैले,
कहिल्यै अंकुशे लगाईन उसको जिवनमा
कहिल्यै अभाव र दवाव पारीन हुर्काईमा
उन्मुक्त जिन्दगी जिएकी मेरी छोरी
खै? कस्तो घरमा भित्र दै छे कुन्नी?
मेरो आदरणीय ज्वाईराजा
सम्मानित सम्धि-सम्धिनी🙏
मेरी छोरीले,
मैले जस्तै
चुटाई सहन सक्ने छैन,
भनाई पनि सहन सक्ने छैन,
मैले सहन गर्न होईन,
छोरीलाई!
बिद्रोह गर्न सिकाएकी छु।
गल्ती त उ गर्दिन नै
गल्ती कसैले गरे, सुधार्न सिकाएकी छु,
अन्याय उसले कहिलेयै गर्दीन,
अरुले उ माथी अन्याय गरे
प्रतिवाद गर्न सिकाएकी छु।
मेरी छोरी संघर्ष गर्न सक्छे,
मेहनतको प्रतिफल निकाल्न सक्छे,
फलाम पेलेर सुन निकाल्न सक्छे मेरी छोरी
तर
दु:ख सहेर आशु निकाल्न सक्तिन।
मैले मेरी छोरी
सन्तान पाल्न नसकेर दिएको होईन,
परापुर्व देखी चलेको चलन स्विकारेको हो,
ज्वाईराजा म मेरी छोरी रानी भएको हेर्न चाहन्छु
यसैले त आजै भेटेको हजुरलाई राजा भन्ठान्छु,
तपाईंको राज्यमा मेरी राजकुमारी
बिद्रोह हैन सुसासनमा रमोस्।
दवाव र तनावको बिद्रोह सहन नसकेर
तपाईंको राज्य टुक्रिन नपरोस
मेरी छोरी, मेरो घरमा
भोली पनि राजकुमारी नै हुन्छे ।।।।
शुभकामना


