
भक्तपुर, अनेरास्ववियु भक्तपुर बहुमुखी क्याम्पस कमिटीकाे १९औ क्याम्पस सम्मेलन बाट २९ सदस्यीय क्याम्पस कमिटी सर्वसहमत दिपेश बिसुन्केकाे अध्यक्षतामा गठ्न भएकाे छ ।
सम्मेलनकाे उद्घाटनमा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष उमेश आचार्यकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको सम्मेलनमा अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नारायण घर्ती, स्थाई कमिटी सदस्यहरु संजय दवाडी, पंकज भण्डारी, रमेश श्रेष्ठ सचिवालय सदस्य जयराम बास्ताेला अनेरास्ववियुका नेता पुर्व नेता चुडामणी पाैडेल लगायत विद्यार्थी नेताहरु र क्याम्पसमा क्रियाशील विद्यार्थीहरुकाे उपस्थिति रहेकाे थियाे ।


